सह सचिवले गरे आफ्नै छोरी बलत्कार ! किन हुन्छ हाडनाता करणी  ?

ehulaki
गोपाल ढकाल | जेठ २९, २०७६ बुधबार | 0



  गोपाल ढकाल , मनोबिद् ।

 सहसचिब जस्तो पढे लेखेको , ठूलो पदमा पुगेको र उमेरले पनि ४५ बर्ष पुगेको परिपक्क ब्यक्तिले आफ्नै १८ बर्षकी  छोरीलाई पटक पटक बलत्कार गरे  भन्दा धेरै जना जिब्रो टोक्न बाध्य भएका छन । धेरैको मुखबाट सुनियो  कलियुग लागेछ । कलियुगमा बाबुले छोरी पनि भन्दैन भन्थे हो रहेछ ।मान्छेले किन गर्छ जबरजस्ती  करणी  त्यो पनि छोरी , दिदी बहिनी , भतिजि , भाउजू ,  भान्जि आदि  जस्तो पबित्र सम्बन्ध भएकाहरुसगँ ? यसका पछाडीको मनोबैज्ञानिक कारणहरु के के हुन सक्छन ?


१- असामाजिक ब्यक्तित्ब

  जसलाई साईकोपाथ भनेर पनि भनिन्छ । यस्तो ब्यक्तित्बसगँ सम्बन्धित मानसिक रोग लागेका ब्यक्तिहरुले आफ्नो घरपरिबार र समाजमा जो सुकैलाई पनि दुख दिने , सानो सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने,  हत्या बलत्कार गर्न समेत पछि नपर्ने आदि  जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न पछि पर्दैनन् ।
२- यौनको लत

 यौनको लत लागेका ब्यक्तिहरु यौन प्रती अति नै आशक्त हुन्छन । कति गर्दा पनि उनिहरुमा यौनको प्यास मेटिदैन । यस्तो यौन समस्या भएका ब्यक्तिहरुले यौनको तिर्खा मेटन आफन्त पनि नभन्न सक्छन ।


३- अप्राकृतिक यौन व्यवहार 

जसले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउछ , यस्ता ब्यक्तिले अरुको भावना बुझ्न सक्दैनन र स्बभाबिक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता ब्यक्तिले बलत्कार गर्ने पनि सम्भाबना हुन्छ ।


४- नैतिक पतन

 नैतिक रुपमा पतन भएका ब्यक्तिले पशु भन्दा तल्लो ब्यबहार गर्न सक्छन । यस्ता नैतिक रुपमा पतन भएका ब्यक्तिबाट आफन्त पनि बलत्कारको सिकार हुन सक्छन ।

५ यौन कुण्ठा  

अबिबाहिक, श्रीमतिबाट यौन सन्तुष्टि लिन नसक्ने यौन कुण्ठाले भरिएको ब्यक्तिले पनि बलत्कार गर्न सक्छ ।


६ लागू प्रदार्थको सेबन

 यसको सेबनगर्दा  ब्यक्तिले बिबेक र  चेतना गुमाउन सक्छ र  बलत्कार गर्न पुग्छ । 

७- पोनो ग्राफी र साईबर सेक्सको लत 

पोनो ग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क , दाजुले बहिनिसगँ शारिरिक सम्बन्ध , आदिजस्ता श्रीषकका अस्लित भिडियो धेरै भेटिन्छन । यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको ब्यक्ती नैतिक रुपमा पतन भै हाडनाता करणी गर्न सक्छ ।


८- मानसिक रोग

मेनिया जस्तो कडा मानसिक रोग लागेको ब्यक्ति सधै उत्तेजित हुन्छ ।उसको व्यवहार र बिचार    
पनि अब्यबहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो नि देखिदैन । उसको शरिरमा शक्ति पनि बढेर आउँछ । यौनको आबेग पनि तिब्र् हुन्छ । जसलाई उ नियन्त्रण गर्न सक्दैन र बलत्कार पनि गर्न सक्छ ।
९- शरिरिक कारण 

शरिरमा सेक्स हर्मन बढदा यौन चाहना  बढन गई , आफुलाई यौन अनुशासनमा राख्न नसक्दा पनि बलत्कारका घटना हुन पुग्छ ।


१०- अति बिश्बास गर्नु

 परिबारका सदश्य बिच चाहिने भन्दा बढि घनिष्टता , अति बिस्बास र नाता अनुसारको व्यवहार र अनुशासनमा बस्न नसक्दा पनि आफन्त बिच नै करणीका घटना हुन सक्छन् ।


११- मनोबैज्ञानिक असर

 सानोमा यौन दुर्ब्यबहारमा परेको ब्यक्ति पनि पछि गएर यौन अपराधी हुन सक्छ ।


१२- यौन अनुशासन नहुनु 

सानैबाट यौन अनुशासन नभएको , पतित  , बिखण्डित , अनुशासन हिन , चरित्र हिन घर परिबार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा बिचलिन हुन सक्छ ।
यी र यस्ता अन्य धेरै यौन समस्या ( बिचलन) , मानसिक एवं मनोबैज्ञानिक समस्याका कारण आफन्तले नै आफन्तलाई जबर्जस्ती करणी गर्न सक्छ । 
यस्ता ब्यक्तिलाई मानसिक रुपमा स्बस्थ ब्यक्ति मान्न सकिँदैन । किन कि मानसिक रुपमा स्बस्थ ब्यक्तिले समाजले स्बिकारेको मात्र काम गर्छ । काम गर्नु अगाडि परिणमको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो  आबेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । यी र यस्ता गुण नभएको ब्यक्ति मानसिक स्बास्थ्यका हिसाबले रोगी मानिन्छ ।

गोपाल ढकाल

गोपाल ढकाल , मनोबिद् हुन

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय