विप्लव समुहद्धारा वडा कार्यालयको भवन तोडफोड

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । दलालहरुमाथि कारबाहि भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यक्रताले जाजरकोटमा एउटा वडा कार्यालयको भवन तोडफोड गरेका छन् ।

विप्लव कार्यकर्ताले जाजरकोटको नलगाड नगरपालिका–१० को वडा कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तोडफोडबाट कार्यालयका कुर्सी, दराज, कागजातमा क्षति पुर्‍याइएको छ । विप्लव कार्यकर्ताले जनप्रतिनिधिहरुलाई दलालको आरोप लगाउँदै कार्यालय तोडफोड गरेका छन्। विप्लव समूहका जाजरकोट जिल्ला इञ्चार्ज प्रेमप्रकाश ओलीले अन्य ठाउँमा समेत दलालविरुद्ध कारवाही जारी राख्ने चेतावनी दिएका छन्। 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय