बीबीसीसँग प्रधानमन्त्रीले भने, सगरमाथाको ट्राफिक जाम प्रोपोगाण्डा हो (भिडियो)

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

बीबीसी । प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर हल्ला भए जस्तो सगरमाथामा ट्राफिक जामको समस्या नरहेको बताएका छन् । बीबीसी बल्र्डसँग कुरागर्दै उनले यसलाई प्रोपागाण्डा रहेको बताए । 

केहि समय अघि समाचार संस्था रोयटर्सले नेपालको सगरमाथामा ट्राफिक जाम रहेको फोटो सार्वजनिक गरेको थियो । टा«फिक जामकै कारण धेरै आरोहिको मृत्यु हुनेको गरेको भन्दै समाचार सम्प्रषण भएका थिए । 

प्रधानमन्त्री ओलीले आगामी दिनमा आरोहीलाई अनुमति दिँदा  ध्यान दिइने बताउँदै उनले यातायात अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको पनि दाबी गरे । 

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताए । हेर्नुहोस् भिडियो

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय