पोखराको उत्तमचोकमा गोली चल्यो

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

पोखरा । पोखराको उत्तमचोकमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।  

उत्तम चोक साईडमा लागू औषध लिएर हिँहेको खबर पाएपछि पछ्याउँदै जाँदा प्रहरीलाईनै आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

खुट्टामा प्रहरीको गोली लागेर घाईते भएका गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको छ। पक्राउ परेका थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

अमरसिंह चोक नजिकै रहेको  उत्तमचोकमा रहेको एक रेष्टुरेष्टमा लागुऔषध कारोबारी रहेको सुचनापछि प्रहरी त्यहाँ गएको थियो । चेकजाँचका क्रममा उक्त रेष्टुरेष्टमा प्रहरी पुगेपछि प्रहरीलाई लागु औषध कारोबारीले दाउराले प्रहार गरेपछि प्रहरीले जवाफी फायर खोलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको  छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय