भ्रष्ट्राचार विरुद्ध रमेश राज भट्टराइले गरे गीत मार्फत खबरदारी (भिडियो)

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । गायक रमेश राज भट्टराईको शब्द,संगित र स्वरमा भ्रष्ट्राचार बोलको गीत सार्वजनिक भएको छ । देशको वर्तमान अवस्थालाई समेटर प्रस्तुत गरिएको गीत छोटो समयमै चर्चाको शिखरमा पुगेको छ ।

गीतमा बिशेषगरी नेता,भ्रष्ट्राचार,अन्याय,सरकार र पत्रकारको बिरुद्धमा बोल्नै नहुने अवस्था आएको भन्दै ब्यंग्य गरिएको छ । यि पाँच वटा बिषयमा सुधार भएमा देश विकास गर्न कठिन नभएको गायक भट्टराईको दावी छ ।

देशमा राम्रा मान्छेलाई सरकारले नै काम गर्न नदिएको भन्दै उदाहरणीय काम गर्ने रवि लामिछाने,कुलमान घिसिङ,ज्ञानेन्द्र शाही,धुर्मुस सुन्तलीको प्रसंशा गरेका छन् । भ्रष्ट्राचारका कारण देश अगाडी बढ्न नसकेको भन्दै उनले अब जनताले राम्रा मानिसलाई साथ दिनु पर्ने बताएका छन् । उनको पछिल्लो गीत भिडियोमा हेर्न सक्नुहुनेछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय