१०० औं जन्मजयन्ती : यस्ता थिए राजा महेन्द्र

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । आज स्वर्गीय राजा महेन्द्र विर विक्रम शाहको १०० औं जन्मजयन्ती , राजसंस्थाप्रति आस्थावानहरुले विविध कार्यक्रम गरि मनाउँदै छन् । ईंतिहासलाई फर्केर हेर्दा कोहिले राजा महेन्द्रलाई तानाशाही भन्छन् भने कसैले विकासवादी र राष्ट्रवादी राजाका रुपमा समेत लिने गर्छन् ।

को थिए राजा महेन्द्र ?

पिता राजा त्रिभुवन वीर विक्रम शाह‎ र माता रानी कान्ति राज्यलक्ष्मी देवी शाहको शुपुत्रको रूपमा राजा महेन्द्र वीर विक्रम शाह नेपाल जन्म सन् वि.स १९७७ जेठ २९ मा भएको थियो । उहाँ नवौं शाहवंशीय राजा हुन् । उहाँको राज्याभिषेक २०१३ बैशाख २१ मा भएको थियो । उहाँले नेपालका राजाका रुपमा २०११ सालदेखी २०२८ सालसम्म गर्नु भएको थियो ।

राजा महेन्द्रले २०१८ सालमा नवलपरासीको गैँडाकोटमा उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरे । २०२२ सालमा नवलपरासी जिल्लाको गैडकोटमा महेन्द्र राजमार्गको उदघाटन गरेका थिए।

महेन्द्र उच्च कोटीको राजनीतिक र कुटनीतिक चातुर्यता भएका दूरदर्शी राजा थिए । आजको विन्दूबाट इतिहासलाई फर्केर हेर्दा उनले चालेका प्रत्येक कदम दुरदर्शी एवम् राष्ट्रिय भावनाबाट प्रेरित रहेको अनुभव गर्छौ ।

महेन्द्र आउनु अगाडि नेपालमा राज्यका न्यूनतम पूर्वधारहरु समेत थिएनन् । राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढंगबाट नेपाल भारतमा निर्भर थियो । २००७ सालदेखि २०११ सम्मको बीचमा भारतसितको आर्थिक निर्भरता ९५ प्रतिशत थियो । महेन्द्रले त्यसलाई ६० प्रतिशतभन्दा तल ल्याए । उनले नेपाललाई स्वाबिलिम्ब अर्थतन्त्र उन्मुख गराए ।

राजा हुनासाथ महेन्द्रले आर्थिक तथा प्रशासनिक संरचनाहरुको निर्माणमा आफ्नो सारा ध्यान केन्द्रित गरेका थिए । उनले नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगको स्थापना गरेर अर्थतन्त्रलाई व्यवस्थापन गरे । विदेशी राष्ट्रहरुको सहयोगमा भौतिक पूर्वाधारहरु निर्माण गरेर अर्थतन्त्रको जग बसाल्ने काम गरे । स्वदेशी उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गर्दै गए । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनकै पालामा स्थापना भएका हुन् ।

महेन्द्रले स्थापना गरेका यी यावत् उद्योग धन्दाहरुलाई भारतीय चालवाजीमा ०४६ सालपछि बनेको नेपाली कांग्रेसको सरकारले सखाप बनाइदिएको छ ।

पूर्व(पश्चिम राजमार्ग राजा महेन्द्रको महत्वपूर्ण देन थियो । उक्त राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपथ्र्यो । विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्था अन्त्य गरे ।  महेन्द्रको चतुरता कति थियो भने उनले सुरुमा यो राजमार्गका निर्माणका लागि भारतलाई अनुरोध गरेका थिए ।

तर, भारतले नमानेपछि रुसको सहयोग लिएका हुन् । ढल्केबरदेखि पथलैयासम्मको सडक रुसले बनाइदिएपछि भारत पनि आकषिर्त भएको थियो । ढल्केबरदेखि मेची खण्ड भारतले बनाइदियो भने हेटौडा नारायणघाट खण्डएसियाली विकास बैंक, नारायणघाट(बुटबल खण्ड बेलायत र बुटबल कोहलपुर खण्ड भारतले बनाइदिएको थियो ।

अहिले चर्चा गरिहेको व्यापार विविधीकरणको सोच महेन्द्रले उतिबेलै व्यवहारमा अपनाएका थिए । कोदारी अरनिको राजमार्गको निर्माण यसको ज्वलन्त उदाहरण हो । यही कोदारी राजमार्ग अहिले हाम्रा लागि एउटा आशा बनिरहेको छ । चीनले कोदारी राजमार्ग निर्माण गर्ने भनेपछि भारत तीव्ररुपमा आक्रोशित बनेको थियो । चीनले नेपालमा प्रभुत्व सिर्जना गर्न खोजेको भनेर उसले हौवा पिटे पनि उनी डग्मगाएनन् । राजमार्ग निर्माण सम्पन्न गरेरै छाडे । यसरी राजा महेन्द्रले आफ्नो कुटनीतिक चातुर्यता प्रयोग गरी चौतर्फीरुपमा वैदेशिक सहयोग हासिल गर्न सफल भए ।

राष्ट्रियता सम्बन्धमा राजा महेन्द्र

राष्ट्रियताको संवर्द्धनमा राजा महेन्द्रको भूमिका अविस्मरणीय रहेको छ । जतिबेला हिन्दी भाषाको नेपालमा अत्यधिक दबदबा थियो, उनले नेपाली भाषालाई राष्ट्रभाषाका रुपमा स्थापित गरेर यसलाई देशव्यापी बनाए । उनले त्यतिबेला लागू गरेको एउटै भाषा एउटै भेषको नीति कति दूरदर्शी थियो भन्ने आज आएर सान्दर्भिक भएको छ । अहिले नेपाललाई जातको आधारमा, भाषाको आधारमा विभाजन गर्ने दुस्प्रयासहरु भइरहेका छन् । जबकि उनले भाषा र भेषभुषाकै आधारमा समेत देशलाई एक सूत्रमा बाँध्ने काम गरे ।

नेपाल राष्ट्र बैेंकको स्थापना गरेर राजा महेन्द्रले नेपाली मुद्रालाई अधिराज्यभरि अनिवार्य गरिदिए । जबकि त्यतिबेला नेपालमा ९० प्रतिशत भारतीय मुद्राको चलनचल्ती थियो । ०१७ साल अगाडि नेपालको भूमि खरिद(विक्री गर्न भारतीयहरु स्वतन्त्र थिए । महेन्द्रले कुनै पनि विदेशीलाई नेपालको भूमि खरिद गर्न रोक लगाइदिए ।

अन्तर्रा्ष्ट्रिय जगतमा नेपाललाई स्थापित गराउन महेन्द्रले खेलेको भूमिकालाई पनि स्मरण नगरिरहन सकिन्न । संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउनेदेखि लिएर नेपाललाई शान्तिक्षेत्रका रुपमा स्थापित गराउने सोच उनैको हो ।पञ्चशीलको सिद्धान्तलाई अंगीकार गर्दै उनले छिमेकी देशहरुसित दौत्य सम्वन्ध बनाएर त्यसलाई सन्तुलनमा राखे ।

सामाजिक सुधारका क्षेत्रमा पनि राजा महेन्द्रले प्रशस्तै योगदान दिएका छन् । ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए । ०२१ सालमाभूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गरे ।

२०१३ सालमा राष्ट्रिय योजना आयोग बनाए  । २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र शाही नेपाल वायुसेवा निगम स्थापना गरे । कर्मचारीको वृत्ति विकास गर्न नेपाल निजामती ऐन ल्याए । प्रहरी ऐन बन्यो। सेनाको मनोबल उठाइयो । राष्ट्रवादको लहर आयो । जातिभेद उन्मूलन गर्न छुवाछूत विरोधी ऐन ल्याइयो।किसानलाई मोहियानी हक दिलाइयो । धर्म–संस्कृति र परम्पराको रक्षा गर्ने अभियान नै चलाइयो।

त्रिभूवन विश्वविद्यालयको आधुनिकीकरण गर्दै उच्च शिक्षा नेपालमै हासिल गर्ने अवस्था सिर्जना गरे भने पाठ्यक्रमबाट भारतीय पुस्तकहरु विस्थापित गरिदिए ।

नेपाल स्वाधीन राष्ट्र हो भन्ने कुरा संसारलाई बुझाउन राजा महेन्द्रले ठुलो योगदान पुराए ।

४५ देशसँग राजा महेन्द्रले कूटनीतिक सम्बन्ध स्थापना गरे । २०१२ सालमा नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाए।

युरोप, अमेरिका, अफ्रिका र एसियाका धेरै राष्ट्रको भ्रमण गरेर एउटै सन्देश दिए, “चीन र भारतका बीचमा हामी छौँ, तर कतै ढल्केका छैनौँ, असंलग्न बसेका छौँ र असंलग्न रहन्छौँ, आफ्नो निर्णय आफैं गर्छाैं ।” यी सबै कुरा भारतलाई मन परेन । त्यसैले राजा महेन्द्रमाथि चौतर्फी रूपमा वैचारिक हमला गराएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय