टिप्परको ठक्करबाट पत्रकारको मृत्यु

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

सुर्खेत । टिप्परको ठक्करबाट सुर्खेतमा एक पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका सम्पादक नन्दबहादुर गेलाङको टिप्परको ठक्करबाट मृत्यु भएको हो ।

बुधबार दिउँसो भेरीगंगा नगरपालिका ८ लादेमा टिप्परले गेलाङलाई ठक्कर दिएको हो । उनले चलाईरहेको मोटरसाइकललाई ठक्कर दिएपछि टिप्परले थिचेर ज्यान लिएको बताइएको छ ।

गेलाङले रेडियो भेरी एफएम सुर्खेतमा स्थापनाकालदेखि नै लामो समय प्राबिधिकका रुपमा काम गरेका थिए । त्यसपछि नेपालवाणी नेटवर्क काठमाडौंमा पनि प्राबिधिकका रुपमा काम गरेका थिए भने पछि आफैले सुर्खेतमा दैनिक पत्रिका प्रकाशन गरेका थिए । ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय