ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जना गम्भीर घाइते

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । कपिलवस्तुको बाणगंगाामा ट्रकले मोटरसाइकलाई ठक्कर दिएको छ । वडा नम्बर ७ मा पर्ने कोइलीपुलनेर पूवबार्ट पश्चिम तर्फ गइरहेको ना ३ ख २१ ७५ नम्बरको ट्रकले विपरित दिशामा रहेको लु ३६ प १८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जना गम्भिर घाइते भएका हुन् ।

घाइतेहरुको नाम र ठेगाना अझै खुलेको छैन । घाइते दुवै जना पुरुष रहेका छन् ।  उनीहरुलाई उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । ट्रकको गति तीव्र रहेका कारण अनियन्त्रित भएर मोटरसाइकलाई ठक्कर दिन पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्रकको ठक्करबाट मोटरसाइकल उछिट्टिएर सडकबाट गएको छ । यता ठक्कर दिने ट्रकका चालक भने फरार छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । दिउसो करिब साढे २ बजेतिर दुर्घटना भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ । अहिले घटनास्थलमा मानिसहरुको भीँड रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय