पोखरा गोलीकाण्ड : प्रहरीको गोली लागेका थापा खतरामुक्त

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

कास्की । पोखरामा प्रहरीको गोली लागेर घाइते भएका लागु औषध कारोबारी गोविन्द थापा खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । देब्रे खुट्टाको घुँडा मुनी गोली लागेका थापाको पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाअञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका डाक्टर सुमन पौडेलले थापाको अवस्था खतरामुक्त रहेको बताए । प्रहरीले थापा कुख्यात लागु औषध कारोबारी र नियमित सेवनकर्ता रहेको जनाएको छ । ठूलो परिमाणमा लागु औषध ओसार पसार गरिरहेको अवस्थामा उनलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

उनको साथबाट कम्तिमा १५ सय सेट लागु औषध बरामद भएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय