किमका सौतेनी दाजु अमेरिकी गुप्तचर सीआईएका सुराकी !

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ–उनका सौतेनी दाजु किम जोङ–नाम अमेरिकी गुप्तचर एजेन्सी सीआईएका एजेन्ट भएको एक अमेरिकी अखबारले सार्वजनिक गरेको छ ।

सन् २०१७ मा मकाउ जान लागेका किमको मलेसियाको क्लालम्पुरस्थित विमानस्थलमा हत्या भएको थियो । सो हत्यालाई लिएर विश्वभर चर्चा र विवाद भयो ।

दुई युवतीले उनको अनुहारमा विषालु भीएक्स नर्भ एजेन्ट दलेका थिए । त्यसलगत्तै उनलाई अस्पताल लगे पनि तत्काल चिकित्सकले मृत घोषणा गरेका थिए ।

सो आक्रमणमा संलग्न दुवै यसै वर्ष युवती रिहा भइसकेका छन् ।

किम जोङ–नामले केही पटक सीआईएका अधिकारीसँग छलफल गरेको बताइएको छ । दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाली नेता किमले उनको हत्या गर्न आदेश दिएअनुसार नै किम जोङ नामको हत्या भएको दाबी गरेका छन् ।

यद्यपि, उत्तर कोरियाले यो आरोपको खण्डन गर्दै आएको छ । सीआईएसँग सम्बन्ध रहेको सञ्चारमाध्यममा रिपोर्ट आए पनि किम र सीआईएबीचको सम्बन्धबारे विस्तृत रुपमा स्पष्ट भइसकेको छैन ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय