छोरी बलात्कार गर्नेलाई जन्मकैदको फैसला

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । स्याङ्जामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा  पक्राउ परेका एक जना लाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । स्याङजाको पुतलीबजार नगरपालिका–३ का उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । उनीमाथि हाड–नाता करणीसहित ज्यान मार्ने उद्योगको मुद्दा थियो । ज्यान मार्ने उद्योगमा भने सफाइ पाएका छन् । पीडितले ०७५ माघ १५ गते मुद्दा दर्ता गराएकी थिइन् ।

जिल्ला न्यायाधीश रमानाथ पौडेलको इजलासले मुलुकी अपराध संहिताअनुसार हाडनातामा मात्रै १० वर्ष र थप जन्मकैद हुने गरी फैसला गरेको हो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय