विप्लवका इलाम इन्चार्ज सहित ४ जना नेकपामा प्रवेश

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

इलाम । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको इलाम जिल्ला इन्चार्जसहित चार जना कार्यकर्ताले बुधवार पार्टी परित्याग गरेका छन् । प्रहरीले पक्राउ गरेका इलाम जिल्ला इन्चार्जसहित चारजना कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय झापाले बुधबार धरौटीमा रिहा गरेलगतै उनीहरूले विज्ञप्ति मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गरेका चारैजनाले जिल्ला प्रशासन कार्यालय झापाबाट बाहिरिएलगतै सत्ता पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

 पार्टी परित्याग गर्नेहरूमा ताप्लेजुङ मौवा खोला गाउँपालिका १ हाल दमक नगरपालिका २ बस्ने ३२ वर्षीय विजय दर्नाल विप्लव नेतृत्वको इलाम इञ्जार्च र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य, बुद्धशान्ति गाउँपालिका २ बस्ने ३८ वर्षीय गणेशकुमार विश्वकर्मा पार्टीको एरिया सदस्य र दलित मुक्ति मोर्चाको झापा जिल्ला अध्यक्ष, ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका  १ बस्ने २८ वर्षीय फुर्वा शेर्मा र सोही ठाउँका ३० वर्षीय विदुर शेर्पा पार्टीका एरिया पदमा रहेका छन्।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय