जम्मू कश्मिरमा फेरि हमला, सुरक्षाकर्मी सहित ५ जना मारिए

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

श्रीनगर । भारत प्रशासीत जम्मु कश्मीरमा सुरक्षाकर्मी लक्षित आक्रमण भएको छ । कश्मीरको अनन्तनागमा चरमपन्थीहरुले सीआरपीएफ का जवान लक्षित आक्रमण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 
 
सिआरपिएफका ३ जवान र १ जना आतंककारीको मृत्यु भएको जनाइएको छ । 

घटनामा एक प्रहरी अधिकृतसहित चारजना गम्भीर घाइते छन्। जवाफी कारबाहीमा एकजना चरमपन्थी मारिएका हुन् । 

प्रहरीका अनुसार अनन्तनागस्थित केपी रोडमा दुई चरमपन्थीले सीआरपीएफको टोलीमाथि ग्रिनेड हमला गरेका थिए । त्यसक्रममा भएको भिडन्तमा एक चरमपन्थी र एकजना भारतीय नागरिक समेत मारिएका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय