लोकसेवा आयोगको विज्ञापनविरुद्धको रिटमा कारण देखाऊ आदेश

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । सर्वोच्च अदालतले हालै लोकसवा आयोगले विभिन्न स्थानीय तहका लागि आवश्यक निजामती कर्मचारीका लागि गरेको विज्ञापन किन रद्द नगर्ने भन्दै लोकसेवा आयोगलाई सोधेको छ । 

अधिवक्ता विकास ठाकुरले विज्ञापन रद्द गर्न माग गर्दै सवोच्चमा दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै बुधबार सर्वोच्चले कारण देखाउ आदेश दिएको हो ।

न्यायधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ठाकुरको रिटमाथि सुनुवाई गर्दै बुधबार उत्प्रेषणको आदेश जारी गरेको हो । आदेशमा १५ दिन भित्र जवाफ दिन आयोगलाई भनिएको छ ।

निवेदकको मागअनुसार आदेशमा अन्तरिम आदेश भने दिइएको छैन । यद्यपी अन्तरिम आदेशका विषयमा छलफल गर्न दुबै पक्षलाई असार ३ गतेका लागि बोलाको छ । 

लोकसेवाले विभिन्न स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै १५ जेठमा विज्ञापन खुलाएको थियो । तर समावेशी नभएको भन्दै विरोध भयो । संसदको राज्य व्यवस्था समितिले पनि संविधान र स्थानीय तह संचालन ऐनको मर्म अनुसार नभएको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय