५७ लाख ७९ हजार अवैध रुपैयाँसहित एक भारतीय पक्राउ

ehulaki
----------------- | जेठ २९, २०७६ बुधबार | 0

काठमाडौं । स्रोत नखुलेको अवैध ५७ लाख बढी नगदसहित एक भारतीय नागरिक बाराबाट पक्राउ परेका छन्।

बाराको सुवर्ण गाउँपालिका ७ सनफुलवास्थित दशगजा क्षेत्रबाट ५७ लाख ७९ हजार ४९० नेपाली रुपैयाँसहित भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा ११ पिपरा टोल बस्ने २४ वर्षीय वृजकिशोर कुमार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलबरिया बाराबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले चेकजाँचका क्रममा शंकास्पद लागेपछि सोमबार बेलुका उनलाई नियन्त्रणमा लिएको हो ।

उनी बिआर ०५ एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार थिए ।

उनलाई बरामद नगदसहित थप अनुसान्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय