वायन रुनीको म्यान्चेस्टर युनाइडेडलाई सुझाव – ‘ग्यारेथ बेललाई अनुबन्ध नगर्नू’

ehulaki
----------------- | जेठ ३०, २०७६ बिहिबार | 0

काठमाडौं। वायन रुनीले म्यान्चेस्टर युनाइटेडलाई ग्यारेथ बेललाई अनुबन्ध नगर्न सुझाव दिएका छन् । रुनीका अनुसार ग्यारेथ बेल, लियोनेल मेस्सी वा क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीले युनाइडेडभित्र अहिले विद्यमान समस्या समाधान गर्न सक्द्यैनन् । युनाइटेडले गत सिजन च्याम्पियन्स लिगमा छनोट हुन असफल रह्यो र लगातार दोस्रो सिजन बिना कुनै ट्रफी सिजनको अन्त्य गर्यो ।

‘ओले (गुनार सोल्स्कजार) ले गर्नुपर्ने पहिलो काम भनेको टिमको निर्माण गर्नु हो । १ जना खेलाडीलाई सय मिलियन पाउण्डमा ल्याउँदैमा क्लवमा पहिल्यै भएका खेलाडीलाई सहयोग पुग्छ जस्तो मलाई लाग्दैन’ रुनीले बीबीसीसँगको कुराकानीमा भने । क्लवमा तपाइँले रोनाल्डो, मेस्सी, (सर्जियो) रामोस, बेलजस्ता खेलाडी ल्याउन सक्नुहुन्छ तर यसको लागि तपाइँले ३५० मिलियन पाउण्ड खर्च गर्नुपर्छ र उनीहरुबाट तपाइँले २ वर्ष मात्रै पाउनुहुन्छ’ रुनीले अगाडि भने ।

युनाइडेडले पछिल्लो पटक च्याम्पियन्स लिग जित्दा रुनी युनाइटेडमै थिए । ‘क्लवलाई युवा खेलाडीहरुको साथमा पुनर्निर्माण गरिनुपर्छ’ रुनीले भने ‘तर ती खेलाडीहरु प्रतिभाशाली हुनुपर्छ ।’ रुनीका अनुसार युनाइटेडले अर्को सिजन च्याम्यिपन्स लिगमा प्रतिस्पर्धा नगर्ने भएकोले फ्यानले कुरा बुझ्नेछन् । युनाइटेड, चेल्सी, आर्सनल, टोट्टनह्याम र सम्भवतः एभर्टनलाई म्यान्चेस्टर सिटी र लिभरपुलको हैसियतमा पुग्न अझै २ वर्ष लाग्ने उनको अनुमान छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय