किन फेल भयो भुकम्पको भविष्यवाणी ? किन फैलाइन्छ पटक पटक अफवाह ?

ehulaki
गोपाल ढकाल | जेठ ३०, २०७६ बिहिबार | 0

 

झुटा, उडन्ते, सत्य , तथ्य , प्रमाण विहिन , मनगडन्ते कुरा गरेर समाजमा डर , त्रास , अशान्ति फैलाउनु कानुनी रुपमा सार्वजनिक शान्ति बिरुद्धको फौजदारी अपराध बा कसुर हो । 
नेपालको संविधानले प्रत्येक ब्यक्तिलाई बिचार र अभिब्यक्तिको स्बतन्त्रता दिएको छ तर यसो भन्दैमा शान्ति सु ब्यबस्थामा खलल पुर्‍याउने कार्य भने अपराघ हो ।
बिज्ञान तथा कानुनले पनि  सत्य तथ्य , प्रमाण खोज्छ । बिना प्रमाणको अभिब्यक्ति झुटा हो ।


अफवाह फैलिदा यसले भैतिक तथा मानसिक र मनोबैज्ञानिक रुपमा पनि ठूलो खति हुन सक्छ । भिडभाडमा अफवाह फैलिई भागदौड हुदा किचिएर धेरै मानिसको मुत्यु भएको समचार बेला बेलामा सुनिने गर्दछन । अफवाहले धन जनको क्षति मात्र होईन समाजको शान्ति र सदभाव पनि बिथोलिन सक्छ । अफवाहको कारण पुग्ने भौतिक क्षति सबैले देख्न र अनुमान गर्न सके पनि यसले पुर्‍याउने मानसिक क्षतिको भने सजिलै अनुमान गर्न सकिँदैन । तर यसले पार्न असर अझै भयाभह हुन सक्छ ।

अफवाहले मानिसमा डर चिन्ताको समस्या , निन्द्रा नलाग्ने समस्या , डिप्रेशन , तनाब, मानसिक आधात आदि जस्ता मानसिक रोग लाग्न सक्छ । नेपाल हल्लै हल्लाको देश हो ।  भुपि शेरचनले भने झै हाम्रो समाजमा अफवाह चाडो फैलिन्छ । समाज जति अशिक्षित र अन्धबिस्बासले जगडिएको हुन्छ त्यस्तो समाजमा त्यति नै बढि अफवाह फैलिने गर्छ । 


 बिश्बमा र नेपालमा पनि बेला बेलामा विभिन्न खालका हल्लाहरु सुनिने गरेका छन । केही बर्ष अधि बाईबलको हवला दिदै महाभुकम्प जाने  र बिश्व नै सकिने अफवाह बिश्व भरि नै फैलिएको थियो । नेपालका पनि त्रिशूल बाबा भन्ने ब्यक्तिले भुईचालो जाने अफवाह फैलाएर नेपालीलाई आतंकित बनाएका थिए । केही दिन अगाडि मात्र एक जना आफुलाई ज्योतिषी बताउने ब्यक्तिले नेपालमा ठूलो भुईचालो जाने भन्दै अफवाह फैलाउने असफल प्रयास गरेका छन ।

बेला बेलामा हाम्रो समाजमा पनि कहिले बिबिसि भन्यो रे , कहिले कस्ले भन्यो रे भन्दै भुईचालो जाने , फलानो अौषधिमा घातक जिबाणु भेटियो रे  भन्ने जस्ता हल्ला सुन्नमा आउने गरेका छन । अझ विशेष गरि प्रकूतिक बिपति आईका बेला यस्ता हल्लाहरु अझ धेरै चल्ने गर्छ । बिपतिको बेला डर त्रसमा हुदा मान्छेको सोच्ने , निर्णष लिने क्षमतामा कमि आएको हुन्छ । यस्तो मैकामा अफवाह फैलाउने समाज बिरोधि ब्यक्तिहरु सक्रियहुने र मौकाको फाईदा उठाउने गर्छन ।


अफवाह फैलिनुमा हाम्रो पनि त्यतिनै हात हुन्छ । कागले कान लग्यो भन्दा कान नछामी कागको पछि दौडनेू  स्वभाबका कारण नै हल्ला फैलने मौका मिल्छ नत्र भने उनिहरुको पनि केही जोड चल्दैन थियो ।अफवाह फैलनुमा संञ्चार माध्यम र सेसियल मेडियाले पनि मदत पुर्याई रहेको छ । प्रेस स्वतन्त्रतालाई पनि हाम्रो संबिधानले सुनिश्चित गरेको छ । तर तथ्य विहिन भ्रामक कुरा प्रचार प्रसार गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हो ।  अफवाह जानिबुझि कन फैलाउनमा मेडियालाई प्रयोग गरेको पनि देखिन्छ ।


अफवाह फैलाउनुको कारणहरु यस्ता  छन :

१- हिजो आज सबैलाई चर्चित , भाईरल हुने रोग लागेको छ । सोसियल मेडियाले हामीमा त्यो भोक जगाएको छ । फोटो  पोष्ट गर्दा होस वा कुनै स्टाटस लेख्दा होस , धेरै भन्दा धेरै लाईक , सेयर , कमेन्टको हामी सबैले अपेक्ष गरेका हुन्छौ । आफू चर्चित हुनका लागि जानिबुझि कन अफवाह फैलाउने वा फण्डा चलाउने गरेको देखिन्छ ।

२- केही ब्यक्तिले अफवाहलाई आफ्नो बिज्ञापनको माध्यम बनाउने र ठगि  धन्दा चलाउने उपायको रुपमा लिएको पनि पाईन्छ । आफुलाई  माता , ज्योतिषी भन्नेहरु यसमा लागेको देखिन्छ ।
कालो बजारी गर्नेहरुले पनि अफवाह फैलाउन सक्छन् ।

३- अफवाह फैलाउनेहरु मानसिक रोगी पनि हुन सक्छन् । यस्ता केही मानसिक रोग छन जसको कारण यी रोग लागेका ब्यक्तिले जानि नजानि अफवाह फैलाईरहेका हुन्छन् ।
(असामाजिक ब्यक्तित्ब)  नामक मानसिक रोग भएका  ब्यक्तिहरु समाजलाई दुख दिएर आफू रमाउन खोज्छन । यस्ता ब्यक्तिहरु  चाहिदो नचाहिदो हल्ला चलाउने , समाजको शान्ति सु ब्यबस्थामा खलल पुर्‍याउने , हत्या , हिंसा , बलत्कारका घटना घटाउन पनि तल्लीन देखिन्छन् ।

(मेनिया )उन्माद  मानसिक रोग भएका ब्यक्तिहरु आफु शक्तिशाली भएको , जस्तो सुकै समस्या हल गर्न सक्ने , जस्ता पत्याउनै नसक्ने कुरा गर्छन । गुरु हु , माता हु भन्नेहरु धेरै जसो यसै रोगका बिरामी हुन ।

अफवाह फैलाउनेमा यिनिहरु पनि भेटिन्छन् । उनिहरुले भनेको कुरामा बिस्बास गरि पछाडी लाग्ने अन्धभक्तहरु पनि धेरै हुन्छन । साथै आफ्नो गुरुले गरेको भबिस्यबाणी बा अफवाह नमिल्दा आत्महत्या गर्न पछि नपर्ने स्बाँठ पनि ।

सिजोफ्रेनिया अन्तरगत पर्ने कडा मानसिक रोग  भएको ब्यक्तिमा आफुसँग ठूलो शक्ति , क्षमता , बिश्व ब्रह्माण्डको ज्ञान भएको बिद्धान , ट्यालेन्ट , संसारको सबै ज्ञान आफुलाई प्राप्त भएको, भुत , भबिष्यको कुरा सबै बताउन सक्ने  र संसारलाई चमत्कार गरेर देखाउन सक्छु भन्ने मतिभ्रम हुन्छ । यसै मतिभ्रम कारण अफवाह फैलाउने गर्छ । हेर्दा यस्तो ब्यक्ति  स्बस्थ नै जस्तो देखिन्छ तर उ मानसिक रोगको सिकार भएको हुन्छ ।

गोपाल ढकाल

गोपाल ढकाल , मनोबिद् हुन

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय