बहुप्रतिक्षित फिल्म ‘साहो’को दमदार टीजर सार्वजनिक (भिडियोसहित)

ehulaki
----------------- | जेठ ३०, २०७६ बिहिबार | 0

काठमाडौं ।  बलिउड र टलिउडले मिलेर एक धमाकेदार फिल्म ‘साहो’ बनाएको छ । दर्शकलाई घोषणादेखि नै यस फिल्मको ट्रेलर र टीजरको व्यग्र प्रतिक्षा थियो । बिहीवार फिल्मको अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरबाट फिल्म एक्सन र रोमान्सले भरिपूर्ण रहेको अनुमान लगाउन गाह्रो पर्दैन । टीजर जबरजस्त बनेको छ । 
 
'बाहुबली' पछि अभिनेता प्रभास एकपटक फेरि ‘साहो’ मा फरक भूमिकामा देखिँदैछन् । यो फिल्मबाट अभिनेत्री श्रद्धा कपूरले तेलुगू इन्डस्ट्रीमा डेब्यू गर्दैछिन् । फिल्मलाई सुजीतले निर्देशन गरेका हुन् । फिल्मको टीजर हिन्दीसँगै अन्य तीन भाषा पनि रिलिज गरिएको छ । टीजरमा श्रद्धा र प्रभासको जोडी रोमान्स गर्दै देखिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय