सोमबार ३० मंसिर, २०७६ (Monday, 16 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

पर्यटन

यसरी सम्झे कान्छा शेर्पाले पहिलो सगरमाथा आरोहण

  • रासस
  • जेठ ३२, २०७६, शनिबार
img

नारायण न्यौपाने÷सिबी अधिकारी,नाम्चे (सोलुखुम्बु)। सर्वोच्च शिखर सगरमाथा आरोहणको बढ्दो आकर्षण र विभिन्न किर्तिमानी कायम गर्ने प्रतिस्पर्धा चलिरहेको छ । आरोहण इतिहासको नयाँ नयाँ किर्तिमानसँगै आठ हजारको संख्यामा आरोही सगरमाथाको चुचुरो चुम्न सफल भइसकेका छन् ।

सर्वोच्च शिखरको आरोहरणका क्रममा नै २९० जना आरोहीको निधन भएको छ । संसारलाई आकर्षण गर्ने सगरमाथा आरोहणको इतिहास भने अनौठो छ । सन् १९५३ मे २१ का दिन नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका नागरिक सर एडमण्ड हिलारीले अदम्य साहसका साथ सगरमाथाको शिखरमा पहिलो पटक पाइला टेकेका थिए ।

त्यो ऐतिहासिक आरोहण दलका सदस्य आङ फुर्वा शेर्पा (कान्छा शेर्पा) भने सगरमाथाको महत्वको पत्तो नपाइकनै आरोहण दलमा सहभागी भए । प्रथम सगरमाथा आरोहण दलका एक मात्र जीवित सदस्य शेर्पा भन्छन्, “के गर्न जाने होला ? बाटो अप्ठेरो छ । कसरी बाटो पायो । डर पनि लागेको थियो, बाटो कसैलाई पनि थाहा थिएन, भगवान्ले देखाई दिएकी क्या हो पुग्न सफल भइयो ।”

पहिलो पटक आरोहण गर्दा कान्छा शेर्पा २० वर्षकका थिए । हाल उनी ८७ वर्षको भए । आलु मात्र फल्ने खुम्बु क्षेत्रमा चामल र पैसाको चलन पनि सोही आरोहणले भित्र्याएको शेर्पा स्मरण गर्छन् । चामल देखेको भए पनि किनेर खाने पैसा थिएन । आरोहणका क्रममा कमाएको पैसाले पहिलो पटक चामल किनेर खाँदाको खु्सी अहिले पनि अविस्मरणीय छ उनलाई । शेर्पालाई भात खान पाउदा असाध्यै खुसी लाग्यो ।

सगरमाथा हिमाल सफाई अभियानका क्रममा सगरमाथाको फेदी नाम्चेमा भेटिएका शेर्पाले सगरमाथा आरोहणको इतिहास सुनाउदै आफ्नै लवजमा भने, “जानै पर्ने बाध्यता भयो, पैसा त चाहियो । उ बेला पैसा पाउन गाह्रो थियो । सधै आलू मात्रै खानु पर्दथ्यो । तेजिङ आउनुभन्दा अघि हामीले चामलको भात कहिल्यै खान पाएका थिएनौँ । हिलारी आयो, हामी माथि गयो, पैसा दियो, अनि चामल किनेर खायो ।”

कसरी आरोही दल सगरमाथाको चुचुरोमा पुग्यो कान्छा अहिले पनि छक्क पर्छन् । उनले भने, “हिलारी र नोर्गेले हामीलाई खोज्यो, बल्लबल्ल पाएर गयो । त्यति बेला क्याम्प, साउथ कोल भन्ने थिएन, डोरी बानेर गइयो । गम्छा बानेर चढियो । अहिले जस्तो सजिलो भर्‍याङ थिएन । रुख काटेर साँघु वनाएर गइयो ।” आरोही दलमा २० शेर्पासहित न्यूजील्याण्ड र इङल्याइण्डका गरी ३५ जनाको टीम रहेको उनले बताए ।

शेर्पाको अनुभवमा त्यतिखेर समिट गर्ने चलन नै थिएन, अहिले त दिनकै दुई÷तीन सय जना सगरमाथाको चुचुरोमा पुग्ने गरेका छन् । उनलाई अहिले सगरमाथा चढनुको केही महत्व नभएजस्तो लाग्छ । “हामीले दिनको आठ रुपैयाँ ज्याला पाउने गरेका थियौँ । त्यो बेला कहाँबाट आउने पैसा ? हिलारी र नोर्गे आएपछि यो ठाउँको विकास भयो, होइन भने दुखै दुख थियो”, विगत स्मरण गर्दै उनले भने ।

कान्छाले अहिलेसम्म हिमाल चढेको सात पटक भयो । प्रथम आरोही भारतको दार्जेलिङ, रक्सौल र रेसुङ्गाहुँदै सगरमाथाको चुचुरो चुम्न सफल भएका थिए । आरोहीलाई साउथ कोलबाट चचुरो पुग्न पाँच घण्टा र फर्कन दुई घण्टा लागेको थियो भने आरोहण पुरा गर्न तीन महिना लाग्यो ।

सगरमाथाको पाँच आरोहण गरेका सोना शेर्पा सगरमाथा आरोहणमा मावन आवागवनको चाँप धेरै देखिएको हुँदा ठूलो मानवीय क्षति हुनसक्नेप्रति सचेत हुनुपर्ने आवश्यकता औंल्याउछन् । वसन्त यामको गत मे २२ तारिखका दिन सगरमाथा आरोहण गरेएका शेर्पालाई आखै अगाडि आरोहीको मृत्यू हुँदा नराम्रो लागे पनि कतिपय आरोहीको जिद्धिपनले यस्ता मानवीय क्षति बेहोर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

शारीरिक अवस्था कमजोर भएका र आफ्नै घमण्ड तथा जिद्धिपनले पनि मृत्यु भएको सगरमाथाको १३औँ पटक आरोहण गरेका कीर्तिमानी आरोही काजी शेर्पालले बताए । आरोही शेर्पा भन्छन्, “ज्यान भनेको जुवा तास जस्तै हो । जोखिम आफ्नै हातमा छ । हिउँ पहिरोमा पनि परेको थिए । अमेरिकन र चिनीयाँ आरोही भनेको कुरालाई आत्मसात गर्ने भएकाले उनीहरुसँग काम गर्न निकै सजिलो हुन्छ ।”

सगरमाथा आरोहण गर्नु आफैमा निकै ठूलो चुनौती रहेपनि आर्थिक हिसाब दृष्टिकोणबाट राम्रो कमाइको गन्तब्य पनि हो । दुई महीनाको आरोहण अवधिमा रु १५ लाखसम्म कमाइ हुने गरेको उनले सुनाए । राजनीतिक नेतृत्वले त्यस क्षेत्रमा सडक यातायातको सञ्जाल पुर्‍याउने भनिरहँदा त्यस क्षेत्रका बासिन्दाले चौरीखर्क भन्दा माथि मोटर बाटो लैजान नहुने भन्छन् । सगरमाथा चढ्ने आरोही बढेसँगै प्रदूषण पनि उत्तिकै थुप्रिएको छ । फोहर व्यवस्थापन अर्को चुनौती छ ।

यस पटक सरकारीतवर बाटै गरिएको सगरमाथा सफाइ अभियानले १० हजार किलो फोहर सङ्कलन गरेको थियो । अभियान भन्दा बाहेक पनि १४ हजार किलो फोहर यस वर्ष जम्मा गरिएको खुम्बु पासाङ गाउँपालिकाका प्रमुख निमा दोर्जे शेपाले जानकारी दिए ।    

रासस

  • Previous
  • Next

यो पनि पढौँ

img

धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव स्थगित

  • मंसिर २७, २०७६, शुक्रबार
  • भर्खरै
  • लोकप्रिय
img

मिस वर्ल्ड २०१९ मा दुई पुरस्कार जित्न सफल अनुष्का श्रेष्ठलाई प्रशंसाको ओइरो

img

१३०० कराेड लागूऔषध अवैध धन्दाका मुख्य व्यक्ति फरार

img

धनुषा बम विस्फोट : अनुसन्धान जारी, 'दुस्मनी पनि कारण हुन सक्ने'

img

हलिउड फिल्म जेन्डर केज ४ मा विन डिजल सँग फेरी देखिएलिन् दीपिका ?

img

फ्रान्समा आँधी आउँदा दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: