आइतबार २९ मंसिर, २०७६ (Sunday, 15 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

राजनीति

नेकपाकै सांसदद्धारा सँञ्चार मन्त्री बाँँस्कोटाको राजीनामा माग

  • जेठ ३२, २०७६, शनिबार
img

काठमाण्डौ । नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै राजिनामा दिनुपर्ने बताएका हुन् ।

“सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन । ” उनले भने ।

सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ ।

“संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजिनामा दिनुस् ।” उनले भने ।

मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजिनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए । “आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ ।” मानन्धरले भने ।

मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो ।

प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाण्डौमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनीसमेत मानन्दधरले दिएका छन् ।

“म यहीँबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाण्डौ के हुन्छ । यो मेरो चुनौति होइन, सरकारलाई सुझाब हो ।” उनले भने ।

सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दावी छ । बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको उनको आरोप छ ।

साक्षात्कारमा प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए ।

कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने प्रधानको भनाई थियो । विधेयक फिर्ता भएन भने काठमाण्डौ जुरुक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने प्रधानको चेतावनी थियो । प्रधानले मन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको बताए ।

गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयताविरोधीको रुपमा देखा परेको जिकिर गरे ।

६२–६३ को आन्दोलनका बेला घरमा बसेर बयलगाढा चढेर अमेरिका पुगिदैन भन्ने ओली अहिले धर्म संस्कृति मास्न लागिपरेको आरोप लगाए ।

ओलीले होली वाइन खाएको आरोप लगाउँदै प्रधानले नेपाली मौलिक संस्कृति मास्न खोजेको जिकिर गरे ।

“गुठी विधेयक फिर्ता गर्नुपर्छ । फिर्ता भएन भने कुनै पनि हालतमा संसद चल्न दिँदैनौँ । ४ गतेपछि के हुन्छ हेर्दै जानुस् ।” प्रधानले भने ।

साक्षात्कारमा पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।

गुठियारहरुको सम्पत्तिको सम्मान गर्दै सरकारले उचित निर्णय गर्नुपर्ने सुझाब टण्डनले दिएका छन् ।

“गुठी भनेका हाम्रा पुर्वजहरुले गुठियारहरुलाई ल है संरक्षण गर भनेर दिएको सम्पत्ति हो ।” टण्डनले भने ।

  • Previous
  • Next

यो पनि पढौँ

  • भर्खरै
  • लोकप्रिय
img

मिस वर्ल्ड २०१९ मा दुई पुरस्कार जित्न सफल अनुष्का श्रेष्ठलाई प्रशंसाको ओइरो

img

१३०० कराेड लागूऔषध अवैध धन्दाका मुख्य व्यक्ति फरार

img

धनुषा बम विस्फोट : अनुसन्धान जारी, 'दुस्मनी पनि कारण हुन सक्ने'

img

हलिउड फिल्म जेन्डर केज ४ मा विन डिजल सँग फेरी देखिएलिन् दीपिका ?

img

फ्रान्समा आँधी आउँदा दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

कारमा यौन सम्बन्ध राखिरहेका जाेडिलाई गाेली हानियाे त्यसपछि जिउँदै........

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: