काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३३ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ ।
जसमा समानिकरण अनुदानतर्फ नौ अर्ब ८४ करोड ८३ लाख, राजश्व बाँडफाँडमा सात अर्ब ४४ करोड ४३ लाख र शसर्त अनुदानमा पाँच अर्ब २७ करोड सार्वजनिक गरेको छ । यस बाहेक चालु आर्थिक वर्षमा खर्च हुन नसकेको झण्डै ८ अर्ब र प्रदेशको आन्तरिक स्रोतलाई मिलाएर बजेट ल्याउने तयारी भइरहेको हो ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० करोड आन्तरिक स्रोत संकलन गर्ने लक्ष्य लिए पनि पूरा गर्न सकेको थिएन ।