मन्टेभिडियो। उरुग्वेको पेसेन्दू शहरमा एक ट्रफिक पुलिसले मोटरसाइकलमा सवार एक सुन्दर महिलालाई जरिवाना तिराए । उनले चलान काट्दै त्यसमा लेखे कि तपाइँलाई देखेर सडकमा हिँडिरहेका यात्रुको ध्यान भट्कि सक्छ, जसबाट दुर्घटना हुन सक्छ । यतिमात्र होइन उनले चलान रसिदमा स्पेनिश भाषामा युवतीसँग आफ्नो प्रेम पनि व्यक्त गरे ।
उनले स्पेनिस भाषामा ती अनो लेखेका थिए जसको अर्थ ‘म तिमीसँग प्रेम गर्छु’ हुन्छ । महिलाले चलान रसिदलाई सामाजिक संजालमा पोस्ट गरिदिइन् । केही समयमै यो भाइरल भयो र ट्राफिक अधिकारीले घटनाको जाँचको आदेश दिए । मानिसहरुले युवतीको पोस्टमा फरक फरक प्रतिक्रिया दिएका छन् । केहीले यसलाई कर्मचारीको फ्लर्ट भनेका छन् भने केहीले ती ट्राफिकले आफ्नो पदको धाक देखाएको बताएका छन् । यो हर्कतले ती ट्रफिक भने समस्यामा पर्न सक्छन् । यदि जाँचमा उनी दोषी ठहर भएमा उनको जागिर जान सक्छ ।