काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित गुठी विधेयक बारेको निर्णय मन्त्रीपरिषद् बैठकबाट लिने भएका छन् ।
विधेयकमा देखिएका समस्याबारे सोमबार जनप्रतिनिधीसँग भएको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन्।
विवाद चर्कदै गएपछि प्रधानमन्त्री ओलीले उपत्यकाका जनप्रतिनिधिहरूसँग करिब ३ घण्टा छलफल गरेका थिए । विवादित गुठी विधेयकका विषयमा नेवार समुदाय र अन्य समुदायका जनप्रतिनिधि प्रति गुठीका विधेयकका सन्दर्भमा मतान्तर देखिएको छ।
उपत्यकाका नेकपा सांसद कृष्ण गोपाल श्रेष्ठ र जिवनराम श्रेष्ठले विधेयक तुरुन्त फिर्ता गर्न सुझाव दिएका थिए । नेवार समुदायले पार्टी प्रति हेर्ने दृष्टिकोण नै फेरिएको बताउँदै उनीहरुले विधेयक फिर्ता गर्न सुझाव दिएका थिए । तर काठमाडौका मेयर विद्यासुन्दर शाक्यले फिर्ता नगरि संसोधनको बाटोबाट विवाद विधेयक पारित गर्नुपर्ने राय दिएका थिए।