नायिका रेखा थापालाई के लाग्यो यस्तो ‘नशा’ ?

ehulaki
ई-हुलाकी | असार २७, २०७६ शुक्रबार | 0

काठमाडौं । चर्चित तथा लोकप्रिय नायिका रेखा थापालाई ‘नशा’ लागेको छ । नायिका थापालाई फिल्म बनाउने ‘नशा’ लागेको त धेरै भइसक्यो । अब भने रेखा फिल्मस्ले निर्माण गर्ने आगामी छैठौं चलचित्रको निर्देशकमा रेनशा राई अनुबन्धित गरिएपछि फेरि अर्को ‘नशा’ थपिएको हो ।

अभिनेत्री रेखा थापाले आफ्नो छैठौं सिनेमाका लागि रेनेशा राई राणालाई अनुबन्धित गरेकी हुन् । रेनेशाको जन्मदिनमा रेखाले आफ्नो नयाँ सिनेमाको निर्देशकका रूपमा अनुबन्ध गरेको नायिका, निर्देशक तथा निर्मातृ थापाले बताइन । कोरियोग्राफरका रूपमा चर्चित रेनेशाले गत वर्षमात्रै ‘इन्टु मिन्टु लण्डनमा’ नामक सिनेमाबाट निर्देशनमा छिरेकी थिइन् ।

नयाँ बन्ने चलचित्रको स्क्रिप्ट अभिमन्यू निरवीको रहेको छ । हाल स्क्रिप्टमाथि काम भइरहेको र आगाामी मंसिर महिनादेखि छायाङ्कन हुने बताइएको छ । सिनेमाबारे विस्तृत जानकारी केही समयपछि सार्वजनिक गरिने नायिका थापाले बताइन् ।

नेपाली चलचित्रको दुनियाँमा डेढ दशकदेखि नै एकछत्र राज गर्दै आएकी नायिका थापाले यसअघि ‘काली’, ‘हिम्मतवाली’ ‘रुद्रप्रिया’ ‘रामप्यारी’ र ‘मालिका’ निर्माण गरिसकेकी छन् । रेखाको आगामी चलचित्रको नाम भने अझै सार्वजनिक गरिएको छैन ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय