सार्थक युद्धको आव्हान

ehulaki
प्रमोद धिताल | साउन ४, २०७६ शनिबार | 0

युद्ध आखिर युद्ध नै हो
विचारको होस् या बन्दुकको
पेटको होस् या दिमागको

क्रान्ति आखिर क्रान्ति हो
सुक्ष्म होस या स्थूल
मन्द होस् या तीब्र
खेतबारीमा होस् या कारखानामा

प्रिय कमरेड !
भन कसले लडेको छैन र यहाँ युद्ध ?
रिक्सा चालकदेखि मजदूर बालकसम्म
खाडीको लाहुरेदेखि भोको किसानसम्म
यहाँसम्म कि शान्तिको मात्र उपदेश दिने त्यो शान्तिवादीले पनि
युद्ध नै लडेको छ
सवाल यति मात्र हो
कसको युद्धले कहाँ पुराउँछ ?
आऊ, एकचोटि जितेर पनि बेस्सरी हारेको युद्धको समीक्षा गरौं 
अनि गरौंला जुनसुकै युद्धको घोषणा आवश्यकतामा

त्योभन्दा पहिले नै किन चाहियो हामीलाई
हारिराख्ने ‘युद्ध’
शिर झुकाउनुपर्ने ‘विजयोत्सव’
शर्माउनुपर्ने ‘क्रान्ति’ 
शासकरु जन्माइराख्ने ‘सिद्धान्त’
जब कि खालि÷खालि छन् पहिले नै लड्नलाई 
युद्धका धेरै धेरै मोर्चाहरु !

प्रमोद धिताल

धिताल सक्रिय राजनितिक/साँस्कृतिक चिन्तक हुन । अनुसन्धानमूलक लेख लेख्ने धिताल कवि पनि हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय