गजल...छुवाछुत मान्दिन म !

ehulaki
ई-हुलाकी | साउन ४, २०७६ शनिबार | 0

रगत उस्तै मानिस उस्तै छवाछुत मान्दिन म।
हिमालपहाड तराईमधेश कोही पराई ठान्दिन म।।

गर्नैपर्छ परीवर्तन रीतिरीवाज परम्परा,
विकाससङ्गै सभ्यबनौं अरुकेही जान्दिन म।।

सबैहामी नेपाली हौँ कोछ ठुलो कोछ सानो,
रुवाएर नेपाल आमा यस्तोपिडा धान्दिन म।।

मौलाउदै छ मानवजाती पछिलागी आधुनिकको,
दुनिँया नै अघिबढे भित्र-भित्रै खाँधिन्न म।।

हुनुपर्छ एकजुटसबै स्वतन्त्रता हातमा लिन,
तोड्छु मत रुढीबादि बन्धकीमा बाँधिन्न म।।
      -सुरेन्द्र शाही 'गुलाब कान्छाे',बाजुरा
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय