सुन्दरी सिर्जुको दुई महिना ‘तीजको दर’ खाने प्रस्ताव सुनेर बद्री पंगेनी लठ्ठै

ehulaki
ई-हुलाकी | साउन ७, २०७६ मंगलबार | 0

काठमाडौं । चर्चित गायिका अनि सुन्दरी कलाकार सिर्जु अधिकारीको एउटा प्रस्ताव सुनेर गायक बद्री पंगेनी लठ्ठै परेका छन् । सिर्जुले दुई महिनासम्म ‘तीजको दर’ खाने प्रस्ताव राख्दा पनि बद्री लठ्ठै परेर सिर्जुको प्रस्तावलाई सहजै स्वीकार गरेका छन् ।

यद्यपि बद्री पंगेनीले वास्तविक जीवनमा भने त्यसो भनेका होइनन् । बद्री पंगेनी र सिर्जु अधिकारीको सुमधुर स्वरमा सजिएको तीजगीत ‘तीजको दर’मा उनी त्यसरी लठ्ठ परेका हुन् । गीतमा सिर्जुले दुई महिनादेखि नै दर खाने प्रस्ताव गरेकी छन् भने बद्रीले प्रस्तावलाई सहजै स्वीकार गर्दै घर सम्हाल्ने बताएका छन् र सिर्जुलाई नाचेर अनि रमाएर आउन भनेका छन् ।

‘तीजको दर’ बोलमा रहेको उक्त गीतका रचनाकार रविन लामिछाने रहेका छन् । तिलक वलीले एरेञ्जर गरेको यो गीतको म्युजिक भिडियो निर्देशन चर्चित नृत्य निर्देशक शंकर बीसीले गरेका छन् । यसमा निर्देशक शंकर बीसी, ‘गलबन्दी’मा चर्चा कमाएकी अन्जली अधिकारी, गायिका सिर्जु अधिकारी स्वयं र कल्याणरत्न कार्कीले अभिनय गरेका छन् ।

मालश्री स्टुडियोमा रेकर्ड गरिएको यो गीतको म्युजिक भिडियोको सम्पादन नवीन घर्तीमगरले गरेका छन् । छायाङ्कन दुर्गा पौडेलले गरेको यो म्युजिक भिडियोको मिक्सिङ खडक बाजुरालीले गरेका छन् ।

भिडियो हेर्नुहोस्

 https://youtu.be/YuJN5O645mE

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय