गजल "विकासको बिरुद्धमा.....।"

ehulaki
ई-हुलाकी | साउन ११, २०७६ शनिबार | 0

विकासको बिरुद्धमा कलम मत चाल्ने छैन ।
मुटुभित्र कहिल्यैपनि स्वार्थी दिप बाल्ने छैन ।।

हातमा कडी भिडाएर लिएपनि जेलमा थुन्न,
मुल्य चुक्ला जिन्दगीको शान्तिलाई ढाल्ने छैन ।।

मनको चिप्लो पेटको कैँची चिन्नुपर्छ मान्छे साथि,
भित्र-भित्रै खोक्रो पार्ने यस्ता मुसा पाल्ने छैन ।।

शान्ति यहाँ ल्याउनु पर्छ अशान्तिको पर्दा हटाइ,
विरोध गरी सडकमा टाएरहरु बाल्ने छैन ।।

तयारछु म देशकैलागि जताततै विकासगर्न,
मरीजाला 'सुरेन्द्र' यो वचन त्यसै फाल्ने छैन।।

   -सुरेन्द्र शाही "गुलाब कान्छाे"

      २०६९असोज ६ बाजुरा
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय