एडल्ट फिल्म खेल्ने दुई नेपाली चेलीको कहानी

ehulaki
एजेन्सी | साउन १४, २०७६ मंगलबार | 0

काठमाडाैं । अमेरिकामा गएर एडल्ट फिल्म खेल्ने दुई नेपाली चर्चामै छन् । ती हुन् दिप शिखा र विन्दु परियार ।
दिप शिखा, उनको वास्तविक नाम भएपनि उनलाई माया बेजिन भनेर चिनिन्छ । उनी भक्तपुरकी हुन् । उनी केही वर्ष पहिले ब्लु फिल्म खेल्न कै लागि अमेरिकी पुगेकी थिइन् ।

उनले केही स्तरीय ट्रिपल एक्स चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । अमेरिकामा पोर्न स्टार अर्थात् नीलो चलचित्रका चर्चित अनुहार बन्न चाहने निकै हुन्छन् । युवापुस्ताको एउटा जमात पोर्न स्टारकै रूपमा भए पनि नाम र दाम कमाउन लालायित भेटिन्छ ।

ओस्कार’ एवार्ड जस्तै हरेक वर्षको जनवरीमा ब्लु फिल्म र पोर्न स्टारहरूको एभिएन एवार्डको भव्य आयोजना हुने गरेको छ । उक्त एवार्डमा आफूलाई खुलेआम ब्लु फिल्मको स्टार भनेर चिनाउनेहरू निकै हुन्छन् र ती हलिउड वा बलिउडका नायकरनायिकाकै हाराहारीमा चर्चामा पनि आउँछन् ।

माया अर्थात् दीपशिखा त्यही दौडमा सामेल छिन् । कुनै स्वच्छन्द युवती यो दौडमा सामेल हुनु नौलो कुरा होइन, अचम्मको कुरा के हो भने उनले आफ्नो परिचय नेपाली भनेर दिएकी छिन् र उनको प्रोफाइल साइटमा पनि नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ

को हुन् माया ?

मायाको त्यही एकमात्र अन्तर्वार्ताका आधारमा उनको नेपाल वा नेपालीसँग कुनै न कुनै रूपबाट संलग्नता छ भन्ने ठहर हुन्छ । उनको भाषा सुन्दा उनी लामो समय अमेरिका बसे पनि उनको मातृभाषा नेपाली नै हो भन्ने प्रष्ट हुन्छ ।

उनले अमेरिकाको ब्लु फिल्म उद्योगमा आफूलाई नेपाली भनेर परिचित गराएपछि अमेरिकामा बसेका नेपालीहरूबीच उनको खोजी सुरु भयो । मायाका तथ्यहरू जति सार्वजनिक हुँदै गए, त्यसले अमेरिकामा बसोबास गरिरहेको नेपाली समाजमा हलचल मच्चायो ।

को हुन् बिन्दु ?

पोखराबाट पढाईको प्रलोभनमा अमेरिका पुगेकी विन्दु त्यहाँ पुगेपछि पोर्नस्टार बनिन् । उनको भनाई अनुसार उनी रहरले नभई बाध्यताले पोर्नस्टार बनेकी हुन् । अदालतले विन्दुका श्रीमानलाई पोर्नस्टार बन्नुको मुख्य दोषी ठहर्याएको छ ।

ड्यालसबाट प्रकासित “द ड्यालस मर्निगं न्यूज” समाचार अनुसार स्टेट डिष्ट्रिक्ट जज मार्टिन जे होफम्यानले विन्दुका पूर्वपति टम र्‍यान्डेल सेवेललाई विन्दुलाई फिल्म खेल्न वाध्य वनाएको, यस सम्वन्धि भिडियो र तस्विर वनाई इन्टनेटमा राखेको आरोपमा दोषी ठहर गर्दैै उक्त रकम हर्जनाका रुपमा विन्दुलाई झण्डै ७५ करोड नेपाली रुपैंया (७२ लाख ५० हजार अमेरिकी डलर)तिर्न फैसला गरेको छ

अमेरिकाको टेक्सास स्थित ड्यालस काउन्टी अदालतको फैसलाका समयमा सेवेल अदालतमा उपस्थित थिएनन् । दुई जना सन् २०१२ मा अलग भएका थिए । विन्दुले गत बर्ष ५८ बर्षीय सेवेलविरुद्ध आफ्ना नांगो भिडियो तथा दृष्यहरु अनलाइनमा राखेकामा आपत्ति जनाउँदै अदालत गएकी थिइन् ।

आफूलाई जवजस्ती यस्तो कार्य गर्न वाध्य पारेको उनको दावी थियो । पोखराकी विन्दु नर्स पढ्न अमेरिका आएकी थिइन् । सेवेलले उनलाई विद्यार्थीका रुपमा अमेरिका आउन मद्दत गरेका थिए । द ड्यालस मर्निगं न्यूजले विन्दुसंग नेपालमा उनको परिवारले पाएको कष्ट लगायत विविध पक्षवारे कुरा गरेर लामो फिचर समाचार प्रकाशित गरेको छ । यसमा उनले आफ्नो विवाहदेखिका कष्टहरु वताएकी छन् ।

पोर्न स्टारको परिचयसहित अन्तवार्ता सहमतिविना छाप्न पाइँदैन तर, पत्रिकालाई उनले आफ्नो कष्ट सार्वजनिक गर्न सहमति दिएकी छन् । विन्दु परियारका पूर्वपतिले जव उनी अमेरिका आइन् त्यसपछि नेपाली पहिरन छाडेर मिनी स्कर्ट लगाई व्यापारमा जान वाध्य वनाए उक्त समाचारमा उल्लेख छ ।

विन्दुका तर्फवाट अदालतमा पेश गरेको कागजातमा पनि उनका पूर्वपतिले कृतिम रुपमा स्तन ठुलो वनाइन लगाउने र पासपोर्ट लुकाईदिई नांगै क्लवमा काम गर्न लगाएको र जव त्यहाँवाट पनि पर्याप्त पैसा आएन अन्य व्यक्तिहरुसंग शारिरिक सम्पर्क गर्न वाध्य पारेर यसको फिल्म खिचेको उल्लेख छ ।

विन्दुले उक्त पत्रिकालाई भनेकी छन्–जव मैले उसलाई छांडे त्यसवेला उसले मलाई जवरजस्ती पोर्न स्टार वनाइसकेको थियो । उनी आफ्नो पीडा व्यक्त गर्दै भन्छिन–कयौं अन्जान व्यक्ति रेष्टुरेण्टमा आएर भन्छन्, मैले तिम्रो भिडियो हेरेको छु तिमी कति पैसा लिन्छौँ । तर, २७ बर्षीया विन्दु भने आफ्नो परिवारलाई सहयोग गर्न अमेरिकामा नर्सिङ पढ्न आएको महिलाका रुपमा चिनाउन चाहन्छिन् ।

विन्दुका इन्टनेटमा दुई हजार पृष्ठ भन्दा वढी नग्न र अर्धनग्न दृष्यहरु छन् । तर, कुनै पनि उनको सहमतिमा राखिएका होइनन् । अझ पनि राख्ने क्रम नरोकिएको उनको गुनासो छ । जव विन्दु एक बर्षकी थिइन् त्यसवेला सेवेलले उनको नातेदारसंग विवाह गरेका थिए । त्यसपछि सेवेलले विन्दुलाई बोर्डिङ स्कुलमा पढाउनका लागि उनका गरिब परिवारलाई पैसा दिने प्रस्ताव राखे । उनका परिवारले बोर्डिङ स्कुलको फिस तिर्न सक्दैनथ्ये त्यसले छोरीको भविष्यका लागि प्रस्ताव नमान्ने भन्ने थिएन ।

विन्दुले स्कुलमा अंगे्रजी सिकिन र नर्स पढ्ने सपना वनाइन् । सेवेलले ति नातेदारलाई डिभोर्स गरी फेरि परिवारकै अर्की सदस्यसँग विवाह गरे। यो विवाह पनि सन् २००८ मा समाप्त भएपछि सेवेलले विन्दुसंग सम्पर्क वढाए । उस वेला उनले विन्दुलाई यदि अमेरिका आउने हो भने कलेजमा भर्ना गरिदिने आश्वासन दिएका थिए । तर, जव विन्दु अमेरिकाको मन्टोनास्थित सेवेलको घरमा आइन् उनले उसलाई पहिले भन्दा फरक पाइन् ।

अमेरिकामा आएपछि सेवेलले उनलाई कहिले लामो कपडा लगाउन दिएनन् वाहिर जान समेत रोके कलेज भर्ना हुन आवश्यक जीइडी परिक्षा दिन समेत जान दिएनन विन्दु भन्छिन् । त्यसपछि उनले नै स्थानिय नांगै नाच्नु पर्ने क्वलमा काम गर्न भने । विन्दुले यसरी सेवेलले वाध्य पारेर आफुलाई यस्तो व्यवसायमा ल्याएको वताएकी छन् । सेवेलले यति मात्र गरेनन् उनको पासपोर्ट र इमिग्रेसन सम्वन्धि कागजात पनि लुकाइदिएको र कुनैपनि वेला समाउन सक्ने धम्कीसमेत दिएको विन्दु वताउँंछिन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय