प्रदेश समितिमा विधेयक पारित

ehulaki
रासस | साउन १५, २०७६ बुधबार | 0

खस्यौली  । अर्थ, उद्योग तथा पर्यटन समितिले आज प्रदेशको अभिलेख सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतिले पारित गरेको छ ।

विभिन्न बैठकमा दफावार छलफल गरेपछि पारित गरिएको समितिका सभापति दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार समितिले विधेयक पारित गरेपछि यसलाई प्रदेश सभाको बैठकमा पेश गरिनेछ ।

त्यस्तै प्रदेश मामिला तथा कानून समितिले कारागारको अनुगमन सम्बन्धमा निर्माण गरेको प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको समितिका अध्यक्ष दामा शर्माले जानकारी दिए ।     

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय