खुल्ला ठाँउमा पार्किङमा राखिएको कारमा आगजनी

ehulaki
----------------- | साउन १७, २०७६ शुक्रबार | 0

काठमाडौं । कैलालीमा अज्ञात समूहले कारमा आगजनी गरेको छ ।  अज्ञात समूहले जिल्लाको गोदावरी नगरपालिका–७ लालपुरका तिलकबहादुर शाहीको घर अगाडि पार्किङ गरि राखेको कारमा आगजनी भएको हो । कैलाली प्रहरीकाअनुसार खुल्ला ठाँउमा पार्किङमा राखिएको बा १५ च ४०९९ नम्बरको कारमा आगजनी भएको हो ।

कारको पछाडिको पुरै भाग जलेको छ । अगाडिको भागमा केही क्षती भएको प्रहरीले जनाएको छ । आगो कस्ले र किन लगायो भन्ने बारेमा अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी सुदिप गिरीले बताए । ब्यक्तिगत रिसिबीका कारण घरमा राखेको कारमा आगजनी भएको आशंका गरिएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 १६ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय