जनकपुरमा दुई टाउको, चार आँखा र चार कान भएको शिशु जन्मियाे

ehulaki
----------------- | साउन १७, २०७६ शुक्रबार | 0

काठमाडाैं । जनकपुरको एक अस्पतालमा दुनियालाई चकित पार्ने एक अनोैठो बच्चाको जन्म भएको छ ।

जनकपुरमा रहेको मिहिलाल इन्टरनेशनल अस्पतालमा बिहिबार दुई टाउको, चार आँखा, चार कान भएको अनौठो बच्चाको जन्म भएको हो । अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार वैद्यकी २५ वर्षीय श्रीमती सविता वैद्यले अनौठो बच्चाको जन्म दिएकी हुन् ।

डा.रुवी सिंहको टोलीले शल्यक्रिया गरी बच्चालाई पेटबाट निकालेको थियो । जन्मेको एक घण्टापछि नवजात शिशुको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । आमाको अवस्था भने सामान्य रहेको अस्पताल प्रशासनका प्रमुख रामबाबु यादवले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय