सुनको मूल्य उकासियो,  तिजसम्म घट्ला मूल्य ?

ehulaki
ई-हुलाकी संवाददाता | साउन १७, २०७६ शुक्रबार | 0

काठमाडौँ । सुनको मूल्यमा आज शुक्रबार नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले शुक्रबारका लागि छापावाल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ८ सय तोकेको छ । शुक्रबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य नपाली सून व्यवसायको इतिहासमा सबै भन्दा उच्च भएको व्यवसायीहरूले बताएका छन् ।

असार दोस्रो साता देखि सुनको मूल्य नयाँ किर्तिमानीकासाथ बढ्न थालेको थियो । यस अघि सबै भन्दा धेरै ६५ हजार ५ सयसम्म कायम सुनको प्रतितोला मूल्य शुक्रबार ६५ हजार ८ सय पुगेको हो । मूल्य बढेसँगै सुन किन्ने ग्राहक सङ्ख्या ज्यादै घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस अघि असारमा पनि सुनको मूल्य महंगीएको थियो ।

असार महिनामा धेरै विवाह हुने भएकाले सुन व्यवसायका लागि सिजन मानिन्छ, अर्को सिजन भनेको हरितालिका तीज पनि हो । तीज नजिकिँदै गर्दा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । मूल्य वृद्धिका कारण ग्राहकहरू पर्ख र हेरको अवस्थामा छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय