गुलाब कान्छाेका तिन मुक्तक

ehulaki
ई-हुलाकी | साउन १८, २०७६ शनिबार | 0

    
मुक्तक-१

नेपालीको मनमुटुमा सरेर जाउ ।।
आउ बुद्ध तिमी शान्ति छरेर जाउ।
 
घुसखोरी,भ्रष्ट र देश द्रोहिलाई,
बिन्ती वार कित पार गरेर जाउ।।

मुक्तक-२

कोही मरेर जान्छ त कोही जन्मिन्छ मान्छे।
कोही घाटमा त कोही घरमा अन्मिन्छ मान्छे।।

धनी होस या गरीब होस चेतनशिल प्राणी यही,
जन्ती हुँदा रमाउने मलामी हुँदा झर्किन्छ मान्छे।।

मुक्तक-३

डरै लाग्छ नगर है युद्धका कुरा।

सुन्ने अब कोनै छ र बुद्धका कुरा।।

झुटो अनि भ्रष्टाचारले मुछिएपछि,
मनपर्छर कसलाई शुद्धका कुरा।।

  -सुरेन्द्र शाही "गुलाब कान्छाे"

       काठमाण्डाैँ

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय