नख्खु कारागारमा साथीको हत्या गर्नेले दिए अनौठो बयान !

ehulaki
ई-हुलाकी | साउन १८, २०७६ शनिबार | 0

काठमाडौं । नख्खु कारागारमा कैदीबन्दीमाथि आक्रमण गर्ने एक कैदीले  प्रहरीसमक्ष अनौठो बयान दिएका छन । शुक्रबार कर्तव्य ज्यान मुद्दाका पवनकुमार महतोले साथी पूर्णबहादुर राजीको कारागारभित्रै आक्रमण गरि हत्या गरेका थिए ।

प्रहरीका अनुसार महतोले आफूलाई परमात्माले पठाएकाले हत्या गरेको बयान प्रहरी समक्ष दिएका छन् । कारागार स्रोतका अनुसार बेलुका उनले मासु, भात चाहियो भनेका थिए । तर, टोलीले इन्कार गरेर शाहाकारी खाना खान दिएको थियो ।

ललितपुर प्रहरीका अनुसार दुवै कर्तव्य ज्यानसम्बन्धि मुद्दाका दोषी हुन् । आक्रमणकारी महतोले राजीमाथि इट्टाको ब्लकले आक्रमण गर्दा राजीको मृत्यु भएको हो ।

कारागार स्रोतका अनुसार महतो मानसिक रोगी पनि थिए र लामो समय त्यससम्बन्धि औषधि पनि सेवन गर्दै आइरहेका थिए । ‘शुक्रबार दुवै जना एक अर्काको जुम्रा हेर्दै बसिरहेका थिए । त्यतिकैमा महतोले इट्टा प्रहार गरे,’ जेलरले भने


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय