कश्मीरमा ठूलो भिडन्तको तयारी : के जित्न सक्ला भारतले यो युद्ध ?

ehulaki
----------------- | साउन १८, २०७६ शनिबार | 0

नयाँ दिल्ली । भारत प्रशासित जम्मु कश्मीर क्षेत्रमा आतंकवादी हमला हुन सक्ने भन्दै भारत सरकारले हिन्दु तिर्थालु तथा तथा विदेशी पर्यटकलाई तत्काल त्यस क्षेत्र छाड्न आग्रह गरेको छ । 

भारतीय सेनाले पाकिस्तान स्थित एउटा आतंकवादी समुहले आक्रमण गर्ने योजना रहेको सुचना पाएपछि त्यसक्षेत्र छाड्न यस्तो निर्देशन दिएको हो । 

अमरनाथ यात्राका दौरान आक्रमण गर्न आतंकवादी समुहले ठुलो योजना बनाएको र त्यसलाई पाकिस्तानी आर्मीले समेत सघाएको सुचना भारतीय सेना सँग छ ।

अधिकारीहरुले अप्रत्यासित रुपमा हिन्दु तीर्थयात्र रद्द गर्न र पर्यटकलाई विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि त्यहाँका स्थानीयमा त्रास  सिर्जना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

अमरनाथ गुफाको यात्रामा रहेका हिन्दु तिर्थालु एवं विदेशी पर्यटकलाई समेत लक्षित गर्दै भारत सरकारले यस्तो निर्देशन दिएको हो । 

४५ दिन लामो यो तिर्थयात्रा गर्न हरेक वर्ष हजारौँको भीड लाग्ने गर्छ । 

भारतले कश्मीरमा १० हजार सेना तैनाथ गरेको केही दिनमै यस्तो निर्देशन दिएको हो । भारतले १० हजार सेना कश्मीरमा तैनाथ गरेपछि नै कश्मीर क्षेत्रमा त्रास फैलिन थालेको अलजजिराले जनाएको छ।

हालको निर्देशन र केही अघि केन्द्र सरकारले कश्मिरमा थप १० हजार सुरक्षाकर्मी तैनाथ गर्ने निर्णयले स्थानीय बासिन्दामा भने भय उत्पन्न गराएको छ । यहाँका वासीन्दा अवस्था खराब हनुे आशंकामा खाद्यान्न, औषधि, इन्धन संचय गर्न थालेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय