बालुवाटार जग्गा काण्डले 'सुसाईड' गरेका श्रेष्ठको सीसीटीभी फुटेज यस्तो छ

ehulaki
ई-हुलाकी | साउन १८, २०७६ शनिबार | 0

काठमाडौं । बालुवाटारको विवादित जग्गा काण्डले गर्दा आत्महत्या गरेका भनिएका पूर्व नासु  युक्तप्रसाद श्रेष्ठको मृत्युप्रकरणबारे छानबिन हुनुपर्ने माग प्रतिपक्षी काँग्रेसले गरिरहेको छ । 

उनको आत्महत्या होकि हत्या भन्ने बिषयमा अनेक टिका टिप्पणी भैरहेका छन् । 

सार्वजनिक भएको सीसीटीभी फुटेमा मृतक श्रेष्ठ दिउँसो १ बजेर ३९ मिनेटमा सपिङ सेन्टरको प्रवेशद्वारबाट भित्र छिरेको देखिन्छ ।

कालो पाइन्ट, सेतो सर्ट र पातलो ज्याकेट लगाएका श्रेष्ठ पहिलो तलादेखि चौथो तलासम्म ‘लिफ्ट’ प्रयोग नगरी भर्‍याङबाटै माथि गएको दृश्यमा देखिन्छ ।

चौथो तलासम्म फटाफट गएका उनी पाँचौं तलामा पुग्दा अलि अल्मलिएको देखिन्छ । हिँड्दा हात पछाडि राखेका श्रेष्ठसँग दृश्यमा सँगै अरु कोही पनि देखिँदैनन् । हेर्नुहोस् फुटेज

भिडियो : इमेज च्यानल


उनले आत्महत्या गरेका हुन् वा हत्या भएको हो भन्ने विवाद चलिरहेका बेला ‘पोस्टमार्टम रिपोर्ट’मा भने शरीरको भित्र भागमा धेरै ठाउँमा चोटपटक लागेकाले मृत्यु भएको उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय