नेपालको स्याटलाइटले अन्तरिक्षबाट खिच्यो यस्ता फोटो

ehulaki
ई-हुलाकी | साउन १८, २०७६ शनिबार | 0

काठमाडौं ।  नेपालको पहिलो भू–उपग्रहले (नेपाली स्याट १) ले खिचेका २ फोटो सार्वजनिक भएका छन् । 

नेपालले अन्तरिक्षमा पठाएको भूउपग्रहले खिचेको तस्वीरहरु शनिबार पहिलो पटक सार्वजनिक गरिएको छ। 

बर्ड्स थ्री स्याटलाइट प्रोजेक्टले सार्वजनिक गरेका तस्वीरमध्ये दुई मा श्रीलंकाली भूभाग देखिन्छ। एउटा चीनमाथि बादल लागेको भूभागको छ भने र अर्को सूर्य रहेको छ।

;;

बर्ड्स-३ स्याटलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो।

नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभास मास्केका अनुसार नेपालीस्याट-१ न्यानो स्याटलाइट हो।

अर्थात् यो निकै सानो आकारको भू-उपग्रह हो र यसको तौलको झन्डै एक किलो छ।

मास्केका अनुसार उक्त भूउपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ।

यो भू उपग्रहबाट नेपालले रिमोट सेन्सिङ भनिने प्रविधिको फाइदा लिन सक्छ।

यसको सहायताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ । मास्केको अनुमानमा यो भूउपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेछ।

लामो समय सञ्चालनमा रहने भू उपग्रह निर्माण गर्न र प्रक्षेपण गर्न नेपालले ठूलै लगानी गर्नुपर्ने उनको धारणा छ। यो भूउपग्रहलाई सञ्चालन गर्न जमिनमा पनि पूर्वाधार राख्नुपर्ने हुन्छ।

त्यसका लागि उपकरण खरिद गर्न नास्टले बोलपत्र आह्वान गरिसकेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय