मानिसजस्तै देखिने मेसिन बनाउनु भयानक त छैन ? डरलाग्दो खुलाशा !

ehulaki
ई-हुलाकी | साउन १८, २०७६ शनिबार | 0

काठमाडाैं । पछिल्ला केही दशकमा मानवजस्तै देखिने रोबोट बनाउने ट्रेन्ड निकै बढेको छ । के मानिसजस्तै देखिने मेसिन बनाउनु भयानक त छैन ? के यसले भविष्यमा केही खतरा त निम्त्याउँदैन ? 

 यद्यपि, आइज्याक एसिमोभको रोबोटमा आधारित उपन्यास, सन् १९८० को दशकको चलचित्रको अभिनेता जोनी ५, हलिउड चलचित्र एभेन्जर्सः द एज अफ अल्ट्रान र च्यानल ४ को साइन्स फिक्सन ड्रामा चलचित्र ह्युमन्समा रोबोटलाई मानिसको निकै नजिक देखाइएको छ । यी चलचित्रमा रोबोटका सन्तान छन् भने तिनीहरुले मानवीय भावना र चेतनालाई पनि बुझ्न सक्ने दर्शाइएको छ । 

तर, यो कतिको सत्य हो र यसको कतिको आवश्यकता छ भन्ने अहिलेको अहम् प्रश्न हो । डा. बेन गोर्टजेलले एक आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर निर्माण गरेका छन् । यसकै आधारमा सोफिया नामक रोबोट बनाइएको हो । यो मानिस जस्तै देखिन्छ । हङकङको प्रविधि कम्पनी हानसन रोबोटिक्सले यसको निर्माण गरेको हो । 

कम्पनीका अनुसार रोबोट मानिसजस्तै देखिने हुनुपर्छ, ताकि रोबोटलाई लिएर मानिसमा कुनै सन्देह नहोस् । आगामी समयमा मानिसजस्तै रोबोट हुनेछन् किनकि, मानिसहरुले आफूजस्तै रोबोटलाई नै बढी रुचाएका छन् । उनका अनुसार यदि मानिसजस्तै देखिने रोबोट हुने हो भने त्यसलाई मानिसले विभिन्न आदेश दिनुका साथै आफ्नो गर्लफ्रेन्ड, ब्वाइफ्रेन्डाको बारेमा कुरा पनि गर्न सक्छन् । 

‘सफ्टबैंकको पेपर रोबोट हेर्दा निकै नराम्रो देखिन्छ भने सोफियाले आँखाम हेरेर कुरा गर्छिन् र तपाईंको जस्तै मुहार बनाउँछिन् । पेपर रोबोटको छातीमा राखिएको मोनिटरमा हेरेर कुरा गर्नुभन्दा यो निकै अलग अनुभूति हुनेछ,’ उनले भने । 

हाल २० ओटा नयाँ सोफिया रोबोट बनाइएका छन् । यीमध्ये ६ ओटा रोबोट विश्व्भर प्रयोगमा आइरहेका छन् । यी रोबोटको प्रयोग भाषण दिन र प्रविधिको परीक्षण गर्न भइरहेको छ । 

धेरै कम्पनीले आफ्ना ग्राहकलाई लोभ्याउन सोफियाको प्रयोगका लागि हानसन रोबोटिक्ससँग सम्पर्क पनि गरेका छन् । तर, पेपर अथवा सोफिया जस्ता कुनै पनि रोबोटको निर्माण हालका लागि निकै महँगो छ । यो कुरा स्वयं डा. गोर्टजेल पनि स्वीकार गर्छन् । यद्यपि, उनको यो कुराको केही रोबोटिस्टले खण्डन पनि गरेका छन् । 

के रोबोट विद्रोही हुन सक्छ ? 

इन्ट्युसन रोबोटिक्सका सहसंस्थापक र मुख्य कार्यकारी अधिकारी डा. स्कुलरले रोबोट मानिस जस्तै देखिनुपर्छ र मानिसले जस्तै बोल्नु जरुरी छ भन्ने कुराको खण्डन गर्छन् । उनको कम्पनीले एलिक्यु नामक साना आकारका सामाजिक रोबोट बनाउँछ । यसको उद्देश्य वृद्धवृद्धाको एक्लोपन हटाउनु हो । यसले कुरा गर्न र प्रश्नको उत्तर दिन सक्छ । 

उनका अनुसारल जसले एलिक्युको प्रयोग गर्ने गरेका छन्, उनीहरुले यो मासिन नभएर केवल एक मेसिन हो भनी बुझाउनुपर्ने हुन्छ र यो निकै गाह्रो छ । रोबोट जति मानिसको नजिक हुँदै जान्छ, त्यति नै त्यसबाट सचेत हुनु आवश्यक छ । किनकि, उनीहरु विकासका साथै झन् आक्रामक हुन सक्ने सम्भावना रहेको रोबोटिस्टल मसाहिरो मोरीको धारणा छ । नैतिक आधारमा रोबोट मानिसजस्तै हुने अपेक्षा गर्नु गलत रहेको मोरी बताउँछन् ।

रोबोटलाई कानूनी अधिकार ?

मानिसलाई एक समय यो वास्तवमा केही पनि होइन, यो केवल एक रोबोट हो भन्ने महसूस हुनेछ र उसले आफू ठगिएको अनुभूति गर्नेछ । उनी भन्छन्, ‘तपाईंलाई मूर्ख बनाउनु र तपाईंलाई चाहिएको कुरा दिनुमा म कुनै सम्बन्ध देख्दिनँ ।’

‘एलिक्यु निकै प्यारो छ र यो एक साथी पनि हो, यसले मानिस हुने कुनै नाटक नगरी सकारात्मक आत्मीयता दिएर एक्लोपना हटाउन सक्छ,’ डा. स्कुलरले भने । कार्नेगी मेलन विश्वविद्यालयका रोबोटिक्स इन्स्टिच्युटका एक प्राध्यापक डा. रिड सिमन्स पनि यस कुरामा सहमत छन् । 

उनी भन्छन्, ‘हामीमध्ये धेरै मानिस एक रोबोटले आँखा झिम्क्याओस् र यसमा केही विशेषता होस् भन्ने कुरा नै धेरै भएको मान्दछौं । यसले पूर्णतया मानिसले जस्तै व्यवहार गरोस् भन्ने अधिकांशले चाहँदैनन् ।’ उनले भने, ‘हामी अनकेली भ्याली जस्तो स्थितिबाट टाढा रहनु नै श्रेयस्कर छ, किनकि यसबाट धेरै प्रकारका आशा जन्मिन्छन् जुन प्रविधिले कहिल्यै र कुनै पनि हालतमा पूरा गर्न सक्दैन ।’

सिंगुलारिटीनेट त्यस्तो प्लेटफर्म हो जहाँ डेभलपरहरुले कृत्रिम बौद्धिकता एप निर्माण गर्न सक्छन् । यसको प्रयोग सोफियाजस्ता रोबोटमा गरिएको थियो । त्यसपछि हामी मानवजस्तै देखिने जति धेरै रोबोट आफ्नो वरिपरि देख्छौं, त्यति नै हामी यसको अभ्यस्त पनि हुन्छौं । 

कतिपय अवस्थामा त मानिस मानिससँग भन्दा मेसिनसँग बढी घुलमिल हुन्छ । तथापि, के हामी आगामी दिनमा रोबोटमा चेतना हुने, रुचि–अरुचिको उसलाई छूट हुने, उसलाई पनि कानूनी अधिकार हुने अवस्थामा पुगौंला त ? डा। गोर्टजेलका अनुसार रोबोट मानिसजति नै समझदार भएमा त्यसमा पनि चेतना हुन सक्छ । 

दयालु रोबोट आवश्यक 

कृत्रिम बौद्धिकताको क्षेत्रमा दयालु रोबोट आवश्यक भएको मान्नेको कमी छैन । तथापि, यो सोच त्यति व्यापक भने छैन । केही समयअघिसम्म कृत्रिम बौद्धिकताको क्षेत्रमा निकै कम अध्ययन हुने गरेकोमा अहिले यो निकै बढेको छ र हाल गूगलजस्ता ठूला कम्पनीले पनि यसमा लगानी गर्न थालेका छन् । 

हामीलाई मानिसजस्तै दयालु रोबोटको खाँचो छ । तर, धेरै रोबोटिक्स र वैज्ञानिक उनको यो भनाइमा सहमत छैनन् । डा. स्कुलरका अनुसार यो सम्भव नै छैन । भावना एक विशिष्ट मानवीय गुण हो । यो पूर्णरुपमा जीवित मानिसको लक्षण हो । 

उनी भन्छन् – नैतिकता र मूल्यलाई आँकडाको आधारमा निर्धारण गर्न सकिँदैन । नैतिकता र भावना हामी हुर्केबढेसँगै हामीभित्र विकास हुने गुण हुन् । तर, कृत्रिम बौद्धिकताका कारण रोबोटले मानिसले जस्तै व्यवहार गर्न सिक्न सक्छ र कस्तो व्यवहारलाई कस्तो प्रतिक्रिया दिनुपर्छ भन्ने यसलाई सिकाउन सकिन्छ । 

कारका लागि डिजिटल साथी बनाउन इन्टुयुसन रोबोटिक्सले टोयोटा रिसर्च इन्स्टिच्युटसँग मिलेर एक परियोजनामा काम गर्दै छ । मानिसलाई कारमा सुरक्षित राख्नु यसको उद्देश्य हो । 

मानिसको मस्तिष्कको नक्कल निकै कठिन 

ब्ल्याक मिररको हालसालैको एक अंकमा माइली साइरसले एक कृत्रिम बौद्धिकतामा चल्ने एक प्रविधिमा एशले टु नामक अर्को सानो रोबोट बनाउन आफूलाई डाउनलोड गर्छिन् । 
विशेषज्ञका अनुसार यस्ता कुरा केवल कल्पनामा हुन्छन् । 

डा. सिमन्स भन्छन्, ‘कुनै पनि व्यक्तिले आफ्नो मस्तिष्क र व्यक्तित्व रोबोटमा डाउनलोड गर्नु असम्भव छ, हामी कुनै पनि व्यक्तिको मस्तिष्क नक्कल गर्ने कुरामा धेरै पछाडि छौं ।’
यद्यपि, जब सन् १९२० को दशकमा निकोला टेस्लाले रोबोटको अवधारणा ल्याउँदा त्यसमा कसैले पनि विश्वास नगरेको, तर हाल त्यो सबैको अगाडि रहेकोमा डा। गोर्टजेल जोड दिन्छन् । उनी केही कुरा मानवीय सोचभन्दा धेरै टाढा हुने बताउँछन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय