जसले जुवामा हारेपछि पत्नीलाई यौन सम्पर्कका लागि सुम्पिए...

ehulaki
ई-हुलाकी | साउन १८, २०७६ शनिबार | 0

काठमाडाैं । रक्सीले मातेका एक पुरुषले जुवामा हारेपछि आफ्नै पत्नीलाई यौन सम्पर्कका लागि साथीहरुलाई सुम्पेका छन् । साथीहरुलाई बलात्कारको लागि उनले सुम्पिएका थिए । महिलाको पतिका साथी अरुण र अनिल उनको घरमा रक्सी पिउन र जुवा खेल्न आएका थिए । 

भारतको उत्तर प्रदेशस्थित उत्तर प्रदेशको जउनपुरमा एक गाउँमा रक्सीले मातेका ती पुरुषले जुवामा हारेपछि श्रीमतीलाई बलात्कारका लागि छाडेका हुन् । उनले साथीहरुसँग पहिले नै गोप्य रुपमा आफ्नी पत्नीलाई ‘सेक्स’का लागि सुम्पिने बाचा गरेका थिए । जुवामा हारेपछि सोही भयो ।

घटनापछि ती महिला अदालत पुगेकी छिन् । ती महिलाका अनुसार उनका पति जँड्याहा हुन् । पछिल्लो पटक उनले साथीहरुसँग हारेपछि पत्नीलाई नै प्रयोग गरेका हुन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय