साप्ताहीक राशीफल : २०७६ श्रावण १९-२५ सम्म

ehulaki
ज्यो. दुर्गा प्रसाद उपाध्याय | साउन १८, २०७६ शनिबार | 0


मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मेष राशी भएका ब्यक्तिलाई यो हप्तामा त्यति राम्रो छैंन । विद्यार्थी बर्गलाई अध्ययनमा सुधार रहने नैं छ भने अध्ययनको सिलसिलामा स्थान परिवर्तन गर्नु पर्ने देखिन्छ । अध्ययनमा विदेश जानको लागिराम्रो रहेको छ ।

राज्यपक्षवाट अवरोध हुनुका साथैं अपमान व्यहोर्नु पर्ने देखिन्छ । आर्थिक पक्षवाट हानी नै ब्यहोर्नु पर्ने देखिन्छ । यो हप्तामा भागतिर शारीरिक सुख प्राप्त हुनुका साथैं दामपत्य जीवनमा सुख नैं प्राप्त हुनेछ ।


बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बृष राशी भएका ब्यक्तिलाई बृष राशीलाई यो हप्तामा उत्तम रहेको छ । विद्यार्थी बर्गमा अध्ययनमा सफलता मिल्नुका साथैं बैदेशीक यात्राको अवसर समेत प्राप्त हुनेछ । बौंद्धिक कार्यका समते मन लाग्ने छ । ब्यापारमा कारोबारमा उत्तम रहेको छ भने धार्मिक यात्राको अवसर प्राप्त हुनेछ । सञ्चित धन नोक्सान भएर जानेछ ।

दाजुभाई मित्रबाट उमेत धोका मिल्नेछ । पारीवारीक सुखमा कमि मिल्नुका साथैं खटपटको सम्भावना बढेर गएको देखिन्छ । बिरोधी पक्षहरु परास्त भई बिजय समेत हासील हुने देखिन्छ स्थान परिवर्तन गर्नु पर्ने समेत अवस्था आउन सक्नेछ । परोपकारी कार्यका साथैं धार्मिक कार्यमा संलग्न भई धार्मिक यात्रा गर्दा तपाई उत्तम हुनेछ ।
मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

मिथुन राशीका ब्यक्तिलाई यो हप्तामा आर्थिक हिसावले त्यति राम्रो रहेको छैंन । सञ्चित धन नोक्सान हुने देखिन्छ । ब्यापार कारोवारमा त्यति राम्रो सफलता हुने देखिदैंन । ईष्ट मित्र साथी भाई बिचमा सम्बन्धमा धोखा मिल्ने देखिन्छ । बैंदेशिक कार्यमा अधुरो नै रहेता पनि यात्रामा अवरोध सृजना हुने देखिन्छ । पिठीयू तथा घातीको समस्याले सताउने देखिन्छ ।

पारीवारीक सुख मिल्ने नैं छ भने अध्ययन कार्यमा सफलता मिल्नेछ । धार्मिक कार्यमा मन तथा सामाजिक कार्यमा मन कम जानेछ । अध्ययन कार्यमा अलि बढी खर्च हुने देखियता पनि अध्ययन कार्यमा सफलता नैं मिल्नेछ ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
कर्कट राशीका ब्यक्तिलाई यो हप्तामा आर्थिक हिसाबले त्यति राम्रो छैंन । व्यापार कारोवारमा शुभदायक रहेको छ । ब्यापारमा लाभ नैं मिल्नेछ । शारीरिक कष्ट समेत आई पर्ने देखिन्छ, भने पारीवारीक दुःखकष्ट समेत पैंदा समेत हुने देखिन्छ । विद्यार्थी बर्गमा अध्ययनमा अवरोध हुने देखिन्छ जसको कारण शनिदेशको पुजा गर्दा उत्तम हुने देखिन्छ । साथीभाई सितको साथ सहयोग मिल्ने नैं देखिन्छ । साझेदारी कारोबार गर्दा उत्तम हुने देखिन्छ । परिवार सहीत धार्मिक कार्यमा संलग्न हुदाराम्रो हुने देखिन्छ । राज्यपक्षवाट झै झमेला आउने देखिन्छ ।


सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )
सिह राशीका ब्यक्तिका लागि यो हप्तामा आर्थिक हिसाबले शुभदायक रहेको छ । बोलीमा कमजोरीका कारण ईष्टमित्र टाढिने छन् भने । पुखौली सम्पतीमा बिवाद उत्पन्न हुनेछ । साझेदारी कारोवारमा हानीनोक्सानी व्यहोर्नु पर्ने देखिन्छ भने बैदेशीक कार्यमा सफलता प्राप्त हुनुका साथैं यात्राको अवसर समेत प्राप्त हुने देखिन्छ । राज्यपक्षवाटअवरोध सृजना हुनुका साथैं कामहरु बन्ने छैंनन् । विद्यार्थी बर्गमा अध्ययनमा अवरोध समेत हुने देखिन्छ भने अरु बर्गलाई बैदेशीक कार्यमा सफलता नैं मिल्नेछ ।


कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कन्या राशीका ब्यक्तिका लागि यो हप्तामा आर्थिक हिसाबले शुभ रहेको छैंन । ब्यापार कारोवारमा सफलता नैं मिल्नेछ । साथी भाई बिचमा सम्बन्ध बिग्रनुका साथैं धोखा मिल्नेछ । सञ्चित धन नोक्सान हुनेछ । दामपत्य जिवनमा अबिश्वासको बातावरण सृजना समेत हुनेछ ।
धार्मिक कार्यमा मन लाग्नुका साथैं परोकारी कार्यमा सफलता प्राप्त हुनेछ । विद्यार्थी बर्गलाई अध्ययनमा अवरोध सृजना हुनुका साथैं अध्ययनमा मन कम लाग्ने देखिन्छ । अरु बर्गलाई आय कारोबारमा सफलता नैं मिल्ने देखिन्छ । विरोधी पक्षहरु परास्त भई झै झमेलाबाट मुक्त हुने देखीन्छ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)


तुला राशीका लागि यो हप्तामा आर्थिक हिसाबले त्यति फलदायी छैंन ।ब्यापार कारोवारमा हानी हुने देखिन्छ । बैदेशीक यात्राको अवसर प्राप्तहुने देखिन्छ । सञ्चित धन हानी नोक्सानी हुने देखिन्छ । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ । साताको मध्यतिरपारीवारी तथा शारीरीक सुख प्राप्तको अनुभुती अवश्य मिल्ने छ ।

आखामा समस्याको साथैं चोटपटकको सम्भावना समेत बढेर जानेछ ।पारीवारीक साथको कारण उमङ्गता पैदा हुनेछ । विद्यार्थी बर्गमा अध्ययनमा अवरोध सृजना समेत हुने देखिन्छ


बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)


बृश्चिक राशीको लागि यो हप्तामा शुभ नैं रहेको छ । अध्ययन कार्यमा
सफलता मिल्नुका साथैं आयश्रोतका बाटाहरु देखा पर्ने छन् । सञ्चित
धन नोक्सान हानी हुनुका साथैं आखाको समस्याले सताउने देखिन्छ ।
अलि बढी कडा मिहिनेत गर्नु पर्ने शारीरिक सुखमा कमि मिल्नेछ ।
ब्यापार कारोवारमा सफलता नैं मिल्नेछ, राज्यपक्षवाट रोकावट भएका
काम हरु बन्नेछन् भने बैंदेशीक यात्रा अधुरो नैं रहला । नयां कार्यको
थालनी गर्नु तपाईको लागि ठिक रहेको छैंन । धार्मिक तथा सामाजिक
कार्यमा आफुलाई सरिक गराएको खण्डमा तपाईलाई शुभ फल नैं मिल्नेछ


धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)


धनु राशीका लागि यो हप्तामा आर्थिक हिसावले मध्ययम रहेको छ ।अध्ययन कार्यमा सफलता नैं मिल्नुका साथैं बैदेशीक यात्राको अवसर प्राप्त हुने देखिन्छ । दाजुभाई बिचमा सम्बन्धमा सुधार हुने देखीन्छ । राज्यपक्षवाट सम्मान मिल्नुका साथैं अन्ततिरबाट अपमान बेहोर्नु पर्ने अवस्था आउन सक्छ । शारीरीक दुःख कष्ट पैंदा हुनुका साथैं पारीवारीक
तनाब सृजना हुने देखिन्छ ।

धनु राशी ब्यक्तिलाई मध्य र आद्य साढेसाती शनि दशा चलिरहेको कारणले गर्दा मनमा अशान्ति, काममाढिलासुस्ती, अनावश्यक झमेलामा फस्नुपर्ने भएकाले शनिको शान्ति गर्नु
पर्ने देखिन्छ ।

मकर राशी(भो, जा,जी,खी,खू,खे,खो,गा,गी)
मकर राशीका लागी यो हप्तामा आर्थिक हिसाबले फलदायी रहेको छैंन ।ब्यापार र पशु ब्यवसायमा लाभ । जग्गा जमिनको कारोबाट लाभमिल्ने नैं छ । नोकरी तथा सामाजिक कार्यबाट लाभ नैं मिल्ला ।
बिरोधी पक्षहरु बधनेका कारण मानसिक तनाब बढने जस्ता अशुभ संकेतहरु देखा पर्ने छन् । दाभुभाई बिचमा सम्बन्धमा सुधार मिल्नुका साथैं सामाजिक कार्यमा मन लाग्ने छ । नया कार्यको आरम्भ गर्नु तपाईको लागि उत्तम हुनेछ । विद्यार्थी बर्गको लागि अध्ययनमा सफलता नैं प्राप्त हुने देखिन्छ । शिरको स्थानमा केतु ग्रहको प्रभाबको कारण टाउकोमा समस्या, चोटपटक लाग्न सक्नेछ ।


कुम्भ राशी ( गू,गे,गो,स,सी,सू,से,सो,द)
–कुम्भ राशीका लागि यो हप्तामा कुम्भ राशीको लागि आर्थिक हिसाबले सामान्य फलदायी रहेको छ । विद्यार्थी बर्गको लागि अध्ययनमा सफलता नैं प्राप्त भई अध्ययनको सिलसिलामा बैदेशीक यात्रा समेत हुनेछ । संञ्चित धन बृद्धि भई, धार्मिक कार्यमा मन लाग्ने छ ।दाजुभाईको बिचमा सम्बन्ध बिग्रने छ । ब्यापार कारोबारमा हानी हुने देखिन्छ भने राज्यपक्षवाट अपमान ब्यहोर्नु पर्ने देखिन्छ ।पारीवारी सुखमा कमि भई खटपट सृजना हुनेछ । प्रेमको मामिलामा अवरोध सृजना हुनेछ । चिसो सम्बन्धी समस्याले सताउने हुदा सावधानी अपनाउनु पर्ने देखिन्छ । नया कार्यको आरम्भ गर्दा उत्तम हुने छ । खराब कार्यमा धन खर्च हुने देखिन्छ ।


मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)
मीन राशीका ब्यक्तिलाई यो हप्तामा आर्थिक हिसाबले राम्रो रहेको छैन ।नयां कार्यको थालनी समेत हुने देखिन्छ । शारीरिक दुःखकष्ट समेतआई पर्नेछ । सञ्चित धन हानी हुनेछ । दाजुभाई बिचमा सम्बन्ध बिग्रने देखिन्छ । राज्यपक्षबाट झै झमेला ब्यहोर्नु पर्ने देखिन्छ ।अध्ययनमा अवरोध नैं रहने छ । दामपत्य जीबनमा सुख प्राप्त नै भएता पनि प्रेमको मामिलामा असफलता नै प्राप्त हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा मन कम लाग्ने देखिन्छ । बैदेशीक यात्राको अवसर प्राप्त भएता पनि दुःख कष्ट ब्यहोर्नु पर्ने देखिन्छ । रोग तथा पेटको
समस्याको कारण दुःख पाउनु पर्ने देखिन्छ ।

धार्मिक कार्यमा धन खर्च हुने देखिन्छ । परिवार सहित धार्मिक कार्यमा संलग्न हुदा तपाईलाई शुभ फल मिल्नेछ ।

ॐ नमोः भगवते वासुदेवाय नमः
निचा टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको बास्तु हेर्न, ग्रहशान्ति
गर्न, मांगलिक कार्य सम्पूर्ण बैंद्धिक कार्यको लागि सम्झनुहोस 


ज्यो Durga Prasad Upadhayaya
फो नं. ९८४१३७१८९७
Email- id:  durga.np@gmail.com
तिनकुने, काठमाडौं

ज्यो. दुर्गा प्रसाद उपाध्याय

सम्पर्क 9841371897 तिनकुने

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय