अति बोल्ड फोटोशूट गराएपछि अनुष्कालाई भद्दा गाली

ehulaki
ई-हुलाकी संवाददाता | साउन १९, २०७६ आइतबार | 0

मुम्बई । अनुष्का शर्मा बलिउडमा ग्ल्यामर अभिनेत्रीका रुपले पनि चिनिने गर्छिन् । उनले हालै फिल्मफेयरसँग लामो कुराकानी गरिन् । जुन कुराकानीको बलिउडमा चर्चा भयो । उनले आफूले फिल्मबाट ब्रेक लिएको कारण पनि खुलाइन् । साथै एक फोटोशूट पनि गराइन् ।

बताउनै पर्दैन कि, स्टाइलको मामलामा अनुष्कालाई सबैले रुचाउने गरेका छन् । तस्वीरको चर्चा पनि हुने गर्छन् । तर यतिबेला भने उनले ट्रोलको सामना गर्नुपरेको छ ।


अनुष्काको एक तस्वीरमा युजर्सले भद्दा कमेन्ट पनि गरेका छन् । कतिले त उनलाई अश्लील गाली समेत गरेका छन् । यसलाई अनुष्काले भने मान्छेको सोच्ने तरिकाका रुपमा लिएको भारतीय मिडियाले जनाएका छन् ।

अहिले मात्र होइन, यसअघि पनि अनुष्कालाई युजर्सले ट्रोल बनाएका थिए । तर, अनुष्काले आफ्नो ग्लयामर फोटोशूट भने गराइरहेकी हुन्छिन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय