वेस्टइन्डिजविरुद्ध भारतको संघर्षपूर्ण जित

ehulaki
ई-हुलाकी संवाददाता | साउन १९, २०७६ आइतबार | 0

काठमाडौँ । भारत र वेस्टइन्डिजबीचको टी-२० सिरिजको पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको छ ।

अमेरिकाको फ्लोरिडामा भएको पहिलो टी-२० मा वेस्टइन्डिजले दिएको ९६ रनक ओलक्ष्य पछाएको भारतले १७.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतको जितमा रोहित शर्माले सर्वाधिक २४ रन बनाए भने कप्तान विराट कोहली र मनिष पाण्डेले १९-१९ रन बनाए ।

त्यस्तै क्रुनाल पाण्डेले १२ रन बनाएर आउट भए भने रविन्द्र जडेजाले अविजित १० रन बनाए भने वाशिंगटन सुन्दरले अविजित ८ रन बनाए ।

वेस्टइन्डिजका बलर शेल्डन कोट्रेल, सुनिल नारन र किमो पाउलले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ९ विकेट गुमाउदै ९५ रन मात्र बनाएको थियो ।

वेस्टइन्डिजका लागि केरन पोलार्डले सर्वाधिक ४९ रन बनाएका थिए । त्यस्तै निकोलस पुरन २० रन बनाएर आउट भए भने अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वेस्टइन्डिजका दुवै ओपनर शुन्यमा आउट भएका थिए भने शिमरन हेटमायर पनि शुन्यमा आउट भएका थिए । त्यस्तै कप्तान कार्लोस ब्रेथवेट ९, सुनिल नारन २, कीमो पाउल ३ र रोभमान पावेल ४ रन बनाएर आउट भएका थिए ।

भारतका लागि टी-२० अन्तर्राष्ट्रिय खेलमा यसै खेलबाट डेभ्यु गरेका तिब्र गतिका बलर नवदीप सैनीले ३ विकेट लिए । सैनीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले २ विकेट लिएका थिए । त्यस्तै वाशिंगटन सुन्दर, खलिल अहमद, क्रुनाल पाण्डेय र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

तीन खेलको टी-२० सिरिजमा भारत १-० ले अगाडी रहेको छ । दोस्रो टी-२० खेल आइतबार हुने छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय