तिजमा भाउ बढेपिछ सुन किन्ने भन्दा बेच्ने धेरै

ehulaki
ई-हुलाकी संवाददाता | साउन १९, २०७६ आइतबार | 0

 काठमाडौं  ।  सुनचाँदी व्यवसायीहरुले अहिले बजारमा  सुन किन्ने भन्दा पनि बेच्ने धेरै भएको बताएका छन ।

अहिले बजारमा सुनको किन्ने भन्दा बेच्ने धेरै भएको बताईन्छ । सुनको भाउ लगातार बढ्दा कारोबार ठप्प जस्तै भएको व्यवसायीले जानकारी दिएका छन् । सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो अर्थात तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

गएको शुक्रबार एकै दिन तोलामा ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउले आइतबार नयाँ कीर्तिमान बनाएको हो । सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको हो । 

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । त्यसकै असर नेपालमा पनि परेको हो । सुनको भाउ महँगो भएपछि कारोबार ठप्प जस्तै भएको सुनचाँदी व्यवसायीले बताएका छन् । 

फाइल तस्वीर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय