भारतीय फौजले ७ काश्मीरी युवा मारेपछि इमरान खानले गरे यस्तो ट्विट !

ehulaki
ई-हुलाकी | साउन १९, २०७६ आइतबार | 0

श्रीनगर । आइतबार भारतीय सुरक्षा फौजले ७ जना भन्दा बढी काश्मीरी युवाको हत्या गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कुपवारा जिल्लामा सर्च अपरेसनका नाममा भारतीय सुरक्षा फौजले युवाहरुको हत्या गरेको छ ।

कश्मीर स्थित हिन्दु पर्यटकीय क्षेत्रमा भारतीय सुरक्षा फौजले स्थानीयमा त्रास सिर्जना गरेकै बेला ७ युवाको मृत्यु भएको खबर प्राप्त भएको पाकिस्तान टुडेले  जनाएको छ ।

यसैबीच, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएर छलफल गरेका छन् । बैठकमा खानले भारतको आक्रामक रवैयाले त्यस क्षेत्रमा झन संकट पैदान हुन सक्ने चेतावनी दिएका छन् ।

पाकिस्तानले भारले नियन्त्रण रेखा पार गरेको आरोप लगाएको छ । प्रधानमन्त्री खानले नियन्त्रण रेखा भन्दा बाहिर गएर भारतले नागरिकहरुलाई निशाना बनाएर आक्रमण गरिरहेको आरोप लगाएका छन् ।


भारतीय सुरक्षा बलको कारबाहिले संकट पैदा गरेको भन्दै खानले अन्तराष्टिय समुदायको समेत ध्यानाकर्षण गराएका छन् ।

भारत प्रशासित जम्मु कश्मीर क्षेत्रमा हिजो (शनिवार)आतंकवादी हमला हुन सक्ने भन्दै भारत सरकारले हिन्दु तिर्थालु तथा तथा विदेशी पर्यटकलाई तत्काल त्यस क्षेत्र छाड्न आग्रह गरेको थियो । 

भारतीय सेनाले पाकिस्तान स्थित एउटा आतंकवादी समुहले आक्रमण गर्ने योजना रहेको सुचना पाएपछि त्यसक्षेत्र छाड्न यस्तो निर्देशन गरेको जनाएको थियो ।

अमरनाथ यात्राका दौरान आक्रमण गर्न आतंकवादी समुहले ठुलो योजना बनाएको र त्यसलाई पाकिस्तानी आर्मीले समेत सघाएको सुचना भारतीय सेना सँग रहेको भारतको दाबी थियो ।

अधिकारीहरुले अप्रत्यासित रुपमा हिजो हिन्दु तीर्थयात्र रद्द गर्न र पर्यटकलाई विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि त्यहाँका स्थानीयमा त्रास  सिर्जना भएको छ ।

अमरनाथ गुफाको यात्रामा रहेका हिन्दु तिर्थालु एवं विदेशी पर्यटकलाई समेत लक्षित गर्दै भारत सरकारले यस्तो निर्देशन दिएको हो । 

४५ दिन लामो यो तिर्थयात्रा गर्न हरेक वर्ष हजारौँको भीड लाग्ने गर्छ । भारतले कश्मीरमा १० हजार सेना तैनाथ गरेको केही दिनमै यस्तो निर्देशन दिएको हो । भारतले १० हजार सेना कश्मीरमा तैनाथ गरेपछि नै कश्मीर क्षेत्रमा त्रास फैलिन थालेको अलजजिराले जनाएको छ।

हालको निर्देशन र केही अघि केन्द्र सरकारले कश्मिरमा थप १० हजार सुरक्षाकर्मी तैनाथ गर्ने निर्णयले स्थानीय बासिन्दामा भने भय उत्पन्न गराएको छ । त्यहाँका वासीन्दा केहि दिन अघिनै अवस्था खराब हनुे आशंकामा खाद्यान्न, औषधि, इन्धन संचय गर्न थालेका थिए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय