होटल ह्यारिसनमा एनआईसी ग्राहकलाई ३० प्रतिशतसम्म छुट

ehulaki
ई-हुलाकी संवाददाता | साउन १९, २०७६ आइतबार | 0

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई होटल ह्यारिसन प्यालेसमा ३० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । एनआईसी एशिया बैंक लिमिटेड र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरे । यसबाट प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जानुहुने बैंकका ग्राहकहरु लाभान्वित हुने जनाएको छ । बैंकले मुलुकभर २ सय ९५ शाखा कार्यालयहरु, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गरिहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय