विप्लव भित्र उथलपुथलः जेलमा रहेका हेमन्त हेडक्वार्टरबाट आउट, जनमुक्ति सेना तयार हुँदै

ehulaki
ई-हुलाकी | साउन १९, २०७६ आइतबार | 0

काठमाडौं । कारागारमा रहेका विप्लव समूहका नेता मोहन कार्की ‘जीवन्तुले द्वन्द्वले कसैलाई फाइदा नपुग्ने भन्दै वार्ताको विकल्प नभएको बताएपछि विप्लवको शक्ति र रणनितिका बारेमा विभिन्न चर्चा परिचर्चा हुन थालेको छ । 

पार्टीका नेता–कार्यकर्ता भटाभट पार्टी छाड्न थालेपछि विप्लव समूहको उच्च नेतृत्व के गर्ने र कसो गर्ने भन्ने रणनितिमा छ । केही कडा अभिब्यक्ति समेत प्रस्तुत हुन थालेको देखिन्छ । हालै बसेको भनिएको पार्टीको शीर्ष नेताको बैठकको निणर्य समेत सार्वजनिक भएको छ । अहिले संगठनको संरचना समेत विप्लव समूहले फेरबदल गरेको छ । यसअघि विप्लवको केन्द्रीयस्तरमा स्थायी, पोलिटव्युरो र स्थायी समितिको सांगठनिक संरचना  रहेकोमा अब पोलिटव्युरो नरहने भएको छ । 

पार्टी शुद्धीकरण अभियान थालेको भनेको विप्लव समूहले ५ सदस्यीय हेर्डक्वार्टरको व्यवस्था गरेको छ । जसमा नेत्रविक्रम चन्द (विप्लव), खड्गबहादुर विश्वकर्मा (काण्ड), सन्तोष बुढामगर र धर्मेन्द्र बास्तोला रहेका छन् । हेमन्तप्रकाश ओली सुदर्शन यसपटक हेर्डक्वार्टबाट आउट  गरिएको छ । उनी जेलमा रहेकाले यो जिम्मेवारी नदिइएको बताईन्छ । 

त्यस्तै, केन्द्रीय समितिलाई पनि विप्लवले पुनर्गठन गरेका छन् । जसमा घटुवा भएका नेतादेखि केही नयाँ अनुहारसम्म परेका छन् । ओमप्रकाश पुन, अनिल शर्मा, उमा भुजेल, कृष्ण धमला र चन्द्रबहादुर चन्द (विप्लवका दाजु) घटुवामा परेर केन्द्रीय सदस्य भएका छन । जेलमा रहेका पोलिटव्युरो सदस्यद्वय मोहन कार्की र भरत बम कुनै पनि संगठनमा परेनन् । 

जेलमै रहेका नेताहरु विजय श्रेष्ठ, माइला लामा, बन्धु चद्र, चुडामणि वली, चन्द्रबहादुर खड्कालाई कुनै पनि जिम्मेवारीमा नराखिएपछि पार्टीभित्रै यसलाई लिएर आलोचना समेत हुन थालेको छ ।

शंकरबहादुर खड्का, रामप्रसाद तिमिल्सिता, भेषराज भुसाल, धौलागिरी व्युरो इञ्चार्ज ध्रुव घिमिरे, अमर झाँक्री, किरण राईलगायतको कार्यसम्पादन राम्रो नभएको निष्कर्षपछि उनीहरूमाथि पनि कारबाही गरिएको बताईन्छ । उनीहरूलाई एक तह घटुवा गरिएको बताईन्छ ।

  विप्लव समूहको बैठकले सरकारले वार्ताको हौवा फैलाएर नेता–कार्यकर्ता गिरफ्तार गर्दै पार्टीलाई कमजोर बनाउन खोजेको निष्कर्ष निकालेको छ । बैठकले वार्ता नगर्ने बरु संगठनलाई सशक्त बनाउने निचोड निकालेको बताइएको छ । विप्लव समूहले आफ्ना चार कमान्डलाई जनयुद्धकालीन सैन्य संरचनामा लैजाने मनस्थिति बनाएको बताइएको छ ।

जनमुक्ति सेनाको संख्यामा वृद्धि गर्ने रणनीति पनि यो समूहले अघि सारेको बताइएको छ । आवश्यक जलिस्टिक सामग्रीको निर्माण र आयातलाई पनि विप्लव समूहले उच्च प्राथमिकतामा राखेको र यसका लागि जनमुक्ति सेनाका पूर्वकमान्डर एवं केन्द्रीय सदस्य दीपकबहादुर चलाउनेलाई दिइएको बताइएको छ  ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय