नागपञ्चमीको दिन सर्पले डसेर दुईजनाको मृत्यु

ehulaki
ई-हुलाकी संवाददाता | साउन २०, २०७६ सोमबार | 0

काठमाडौं । सर्पको डसाइबाट कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । ज्यान जानेमा बाणगंगा नगरपालिका वडा नं ६ भगलापुरका अन्दाजी ४५ वर्षीय तेजप्रसाद खनाल र वडा नं. ३ निवासी ५० वर्षीया शुभमाया थापा रहेका छन् । उनीहरुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

खनाललाई आइतबार साँझ घरबाट लक्ष्मणघाट बोलबम जाने क्रममा गोमन सर्पले डसेको थियो । सर्पदंश उपचार केन्द्रका नवीन भण्डारीले समयमा खनाललाई समयमै अस्पताल लैजान नसक्दा ज्यान गएको बताए । थापालाई आज विहान सर्पले डसेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय