साउन २७ गते सार्वजनिक बिदा हुनसक्ने

ehulaki
ई-हुलाकी संवाददाता | साउन २०, २०७६ सोमबार | 0

काठमाडाैं । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुस्लिम समुदायको बक्रईदका सार्वजनिक बिदा दिने बारेमा संघीय सरकार सकारात्मक रहेको बताएका छन् । सोमबार सिंहदरबारमा उपप्रधान एवम् रक्षामन्त्री समेत रहेका कार्यबाहक प्रधानमन्त्री पोखरेलसँग मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भेट गरी बक्रईद पर्वका अवसरमा सार्वजनिक बिदा दिन अग्रह गरेका थिए ।

आयोगका अध्यक्ष अन्सारीले कार्यबाहक प्रधानमन्त्री पोखरेलले मुस्लिमको बक्रईद पर्वका अवसरमा सार्वजनिक बिदा दिन संघीय सरकार सकारात्मक रहेको आश्वासन दिएको बताएका छन । मुस्लिम समुदायको पर्व बक्रईद साउन २७ गते परेको छ । सो पर्वका अवसरमा सार्वजनिक बिदा दिन आयोगका अध्यक्ष अन्सारीले संघीय सरकारसँग अपिल गरेका हुन ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय