छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोज्ने पक्राउ

ehulaki
ई-हुलाकी संवाददाता | साउन २१, २०७६ मंगलबार | 0

काठमाडौं । लागुऔषध कारोबारको काममा सक्रिय ४२ वर्षे क्लाउभिनो दा सिल्भाको १९ वर्षे छोरीको रुप धारण गरी जेलबाट भाग्ने सपना एकाएक तुहिएको छ ।

ब्राजिलको रियो दे जेनेइरोका जेल अधिकारीका अनुसार १९ वर्षे छोरी आफ्नो बुवा भेट्न रियो दे जेनेइरोस्थित बांगु थ्री नामको जेलमा आएकी थिइन् । सिल्भा लामो समय देखि जेल सजाय काटिरहेका थिए । अधिकारिका अनुसार बुवालाई जेलबाट भगाउन सहयोग गर्ने छोरीलाई पनि पक्राउ गर्ने सम्भावना छ ।

उनको असामान्य रुपलाई गार्डले चिनिहाले । त्यसपछि उनलाई क्यामराको अगाडि पोज दिन लगाइयो र पुनः जेलमा हालियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय